काठमाडौ– ६० किलो सुन तस्करी प्रकरणमा संलग्न गिरोहले काठमाडौंमा राखेको थप दुई वटा सुन गाल्ने उपकरण बरामद भएको छ । त्यस्तै ६० किलो सुन तस्करी प्रकरणमै प्रहरीले एक व्यक्तिलाई भारतबाट पक्राउ गरेर काठमाडौं ल्याएको छ । सिन्धुपाल्चोक घर भएका किशोर बस्नेतलाई प्रहरीले दिल्लीबाट पक्राउ गरेर ल्याएको सीआईबी स्रोतले बताएको छ । सुन तस्करी प्रकरणको अनुसन्धानका क्रममा पक्राउ परेका बेल्जियन नागरिक दावा छिरिङको मुख्य सहयोगीका रुपमा देखिएपछि बस्नेतलाई पक्राउ गरिएको प्रहरी स्रोतको भनाइ छ ।
Breaking


प्रतिक्रिया