काठमाडौँ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद गरिएको ६० किलो सुन बरामद प्रकरणको अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले एक प्रहरी उच्च अधिकृतलाई हङकङ पठाउने भएको छ । हङकङ हुँदै नेपालमा सुन आएकाले त्यहाँबाट सुन पठाउने गिरोहबारे सूचना संकलनका लागि सीआईबीका एसएसपी दिनेश आचार्य त्यहाँ पठाइन लागेका स्रोतले बताएको छ ।
यसक्रममा प्रहरीले यसमा संलग्न मुख्य ६ विदेशी नागरिकलाई पक्राउ गरेको छ । अनुसन्धानका लागी प्रहरीले इन्टरपोलको सहयोग माग्दै यसअघि नै पत्राचार गरेको थियो । सुन ‘रेडी ट्रेड प्रालि’ले मोटरसाइकल र स्कुटरको ‘ब्रेक प्याड’मा लुकाएर काठमाडौँमा ल्याएको थियो ।


प्रतिक्रिया