देश

२ दशक, सी.एम.सी.–नेपालको आधार दशक

योहो संवाददाता

काठमाडौँ — वि.सं २०६० साल वैशाख १८ गते तदानुसार मे १, २००३ का दिन ‘स्वस्थ शरीर, स्वस्थ मन’ को अभियानलाई आत्मसात् गर्दै स्थापना भएको मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र–नेपाल (सी.एम.सी.–नेपाल) ले आफ्नो स्थापनाकालको २ दशक मनाउँदै गर्दा हामीलाई मानसिक स्वास्थ्य प्रणाली सुदृणीकरणमा लागि योगदान गर्दै, मानसिक स्वास्थ्य समस्या तथा मनोसामाजिक अपाङ्गता भएका वा त्यसको जोखिममा रहेका व्यक्तिको गुणस्तरिय मानसिक स्वास्थ्य सेवा एंव सामाजिक न्यायकोअधिकार सुनिश्चित गर्न तथा मनोसामाजिक सुस्वास्थ्य स्थापनार्थ थप उर्जासिल र जिम्मेवार बनाउन प्रेरित गरेको छ ।

अहिले सी.एम.सी–नेपालले यस क्षेत्रमा अग्रणी संस्थाका रुपमा आफ्नो पहिचान स्थापित गरी मानसिक स्वास्थ्य र मनोसामाजिक सहयोगको क्षेत्रमा हाल ८ वटा विभिन्न कार्यक्रमहरु ५१ जिल्लाका २ सय ६ स्थानीय तहमा सञ्चालन गर्दै आइरहेको छ । यस अवधीमा संस्थाले सरकारका साथै विभिन्न साझेदार, दातृनिकाय सितको आर्थिक र प्राविधिक सहयोगमा १५ वटा कार्यक्रमहरु सफलतापपुर्वक सम्पन्न गरी सकेको छ । सो कार्यक्रमहरुबाट १ लाख भन्दा बढी व्यक्तिहरुले मानसिक स्वास्थ्य तथा मनोसामाजिक सेवा प्राप्त गरी लाभान्वित भएका छन् भने १० लाख भन्दा बढी व्यक्तिहरुले समुदायमा जनचेतनामुलक क्रियाकलापबाट लाभान्वित भै चेतनामुलक कार्यमा संलग्न भएका छन्।

यस संस्था सशस्त्र द्वन्द्वका साथै विभिन्न समयमा भएका विपतजन्य घटनाहरु (जस्तैः महामारी, सशस्त्र द्वन्द्व, आन्दोलन, महाभुकम्प, बाढी, पहिरो, बारा÷पर्सामा आएको चक्रिय आँधीबेहरी, महाव्याधिको रुप लिएको कोभिड–१९ हरुबाट प्रभावितहरुलाई प्राथमिक मनोवैज्ञानिक सहयोग तथा मनोसामाजिक सहयोगका कार्यक्रमको विकास गरी मानसिक स्वास्थ्य र मनोसामाजिक सुस्वास्थ्य स्थापना गर्न लागि परेको थियो ।

त्यससंगै अन्य सामाजिक कारण जस्तैः लैङ्गिक तथा घरेलु हिंसावाट प्रभावित व्यक्तिहरु, वैदेशिक रोजगारमा गएका वा विविध कारणले फर्केका र परिवारका सदस्य, अपाङ्गता भएका व्यक्ति, लगायत अन्य विपद्का कारण मानसिक तथा मनोसामाजिक स्वास्थ्य समस्यामा परेका व्यक्ति तथा परिवारका सदस्यहरुको मानसिक सुस्वास्थ्य स्थापनार्थ महत्वपुर्ण योगदान पुर्याउदै आएको छ । यस संस्थाले मानसिक स्वास्थ्य सेवालाई समुदायस्तरमा विस्तार गर्नका निम्ती हाल सम्म १ हजार ६ सय जनस्वास्थ्यकर्मीहरुले आधारभूत मानसिक स्वास्थ्यमा तालिम प्राप्त गरेका छन्भने तालिम प्राप्त स्वास्थ्यकर्मीहरुवाट मार्फत ७० हजार भन्दा बढी मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिहरुले स्थानीय र प्रदेश तहमा रहेका स्वास्थ्य निकायबाट यो सेवा प्राप्त गरेका छन्।

साथै ९ हजार भन्दा बढि मनोसामाजिक समस्या भएका व्यक्तिहरुले ३ सय भन्दा बढि तालिम प्राप्त नर्सिङ्ग कर्मचारीबाट मनोसामाजिक सहयोग प्राप्त गरेका छन्। सन् २०१३ बाट सामी परियोजनामा शुरु गरिएको मनोसामाजिक परामर्शको ६ महिने तालिमको अभ्यास र सिकाईलाई परिष्कृत गर्दै सी.एम.सी–नेपालको मुख्य प्राविधिक सहयोगमा राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रले ६ महिनाको मनोसामाजिक परामर्श तालिम प्याकेज तयार गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वीकृत गरेको छ ।

लैङ्गिक हिंसा प्रभावित व्यक्तिहरुलाई बहुपक्षीय सेवा दिन सञ्चालनमा ल्याईएको एकद्धार संकट ब्यवस्थापन केन्द्रमा कार्यरत ७१ जना नर्सहरुले उक्त तालिम प्राप्त गरिसकेका छन्भने अन्य स्वास्थ्यकर्मी, मनोसामाजिक कायकर्ता र सी.एम.सी.–नेपालका कर्मचारीहरु गरी २ सय ५० भन्दा बढिले मनोसामाजिक परामर्शको यो तालिम प्राप्त गरी समुदाय स्तरमा मनोसामाजिक परामर्श सेवा प्रदान गरिरहेका छन्।

द्वन्दप्रभावित बालबालिकाहरु तथा उनका परिवारहरुका लागि मनोसामाजिक सहयोग (माला) कार्यक्रम, सामी, लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्य, द्वन्द्व प्रभावित व्यक्तिहरुको लागि मनोसामाजिक परामर्श कार्यक्रम, हरवा–चरवा समुदायका लागि मनोसामाजिक सहयोग (भरोसा) कार्यक्रम, समावेशी सामुदायिक मानसिक स्वास्थ्य कार्यक्रम लगायतका कार्यक्रमको माध्यमबाट ३५ हजार भन्दा बढि व्यक्तिहरुले व्यक्तिगत मनोसामाजिक परामर्श सेवा प्राप्त गरेका छन्भने ९० हजार भन्दा बढि ब्यक्तिहरुले समूहमा मनोपरामर्श सेवा प्राप्त गरेका छन्।

सन् २००५ को जुलाईमा दोलखा जिल्लाबाट शुरु गरिएको विद्यालय मानसिक स्वास्थ्य कार्यक्रम हाल कर्णाली प्रदेशको कालिकोट र जाजरकोट जिल्लाका ६० वटा विद्यालयमा सञ्चालनमा छ । यस कार्यक्रमको माध्यमबाट हाल सम्म ३