काठमाडौँ – आज दिनभरि जसो पर्ने पानीले खेलकुद र हवाई क्षेत्रलगायत प्रभावमा पर्ने भएका छन् । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज पर्ने पानीले खेलकुद र हवाई क्षेत्रलगायतमा प्रभावित हुन सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।
महाशाखाको अनुसार आइतबारदेखिको मौसम बदली मङ्गलवार पनि उस्तै रहने जनाएको छ । आज नेपाल र संयुक्त अरब इमिरेट्स युएईका बिचमा सोमवार पुरा हुन नसकेको खेल आज हुँदैछ । युएईले २७.३ ओभरमा ९ विकेट गुमाएर १०६ रन बनाइरहेको बखतमा पानी पर्न सुरु गरे पछि रोकिन पुगेको थियो । रोकिएको उक्त खेल सुरु गर्न प्रतिक्षा गरे पनि पानी नरोकिए पछि दिउँसो ३ बजे पछि आजसम्मका लागि स्थगित हुन पुगेको हो । जुन खेल आज ९ बजेबाट सुरु हुँदैछ ।
महाशाखाका अनुसार दिउँसो कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशहरूमा सामान्य बदली रहने छ ।
देशका पहाडी भू-भागका केही स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहनुका साथै तराईका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वा क्षणिक वर्षाको सम्भावना रहेको छ ।
यसैगरी, राती भने गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक देखि सामान्यतया बदली रही देशका बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ ।
गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा र देशका बाँकी भू–भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वा क्षणिक वर्षाको सम्भावना रहेको छ ।


प्रतिक्रिया