Breaking

दुवै खुट्टा नभएका हरि बुढामगर सगरमाथा आरोहणका लागि सोलुखुम्बु प्रस्थान

योहो संवाददाता

काठमाडौँ दुवै खुट्टा नभएका पूर्व गोरखा सैनिक हरि बुढामगर विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि सोलुखुम्बु प्रस्थान गरेका छन् । उनी बुधबार बिहान त्रिभुवन विमानस्थल हुँदै सगरमाथा आधार शिविरतर्फ प्रस्थान गरेका हुन् ।

शारीरिक रुपमा अशक्त भएका व्यक्तिहरु कमजोर हुँदैनन् भन्ने सन्देश दिन सगरमाथा आरोहणमा जान लागेको उनले बताए ।

रोल्पा जिल्लाको मिरूल गाउँमा जन्मिएका ४४ वर्षीय बुढामगरले सन् अफगानिस्तानको लडाइमा आफ्ना दुवै खुट्टा गुमाएका थिए । उनका घुँडाभन्दा तलका भाग छैनन् । उनी कृतिम खुट्टाको सहायताले हिँडडुल गर्छन् ।

दुवै खुट्टा गुमाउने र कृतिम खुट्टाको सहारामा सगरमाथा आधार शिविरसम्म पदयात्रा गर्ने बुढामगर पहिलो व्यक्ति हुन् । सगरमाथाको आधार शिविरबाट उनले स्काइडाइभिङ पनि गरेका थिए ।

पाँच वर्षको पर्खाइपछि सगरमाथा चढ्ने अनुमति पाएको बताउँदै उनले आफ्नो आरोहणको समय दुई महिनाको हुने जानकारी दिए ।