Breaking

लामिछानेको दोहोरो राहदानीबारे मुद्दा नचलाउने महान्यायाधिवक्ताको निर्णयविरूद्ध सर्वोच्च अदालतमा रिट दायर

योहो संवाददाता

काठमाडौ– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको दोहोरो राहदानीबारे मुद्दा नचलाउने महान्यायाधिवक्ताको निर्णयविरूद्ध सर्वोच्च अदालतमा मुद्दा परेको छ । लामिछानेको नागरिकता विवादमा मुद्दा हालेका कानून ब्यावसायी युवराज सफलले नै आइतबार दिउँसो सर्वोच्च अदालतमा रिट निवेदन दिनुभएको हो ।

सर्वोच्चको प्रशासनले भने रिट निवेदन दर्ता गर्ने नगर्ने विषयमा अध्ययन गर्ने बताएको छ । महान्यायाधिवक्ता दिनमणि पोखरेलले यही चैत ६ गते जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौं र उच्च सरकारी वकिलको कार्यालय पाटनले मुद्दा चलाउनु नपर्ने गरी गरेको निर्णयका आधारमा लामिछानेविरुद्ध मुद्दा नचलाउने निर्णय गरेको थियो । प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिनु अघि महान्यायाधीवक्ता पोखरेलले लामिछानेविरुद्ध मुद्दा नचलाउने निर्णय गर्नुभएको थियो ।