काठमाडौँ – मिटर ब्याजविरुद्ध महोत्तरीको बर्दिवासबाट पैदल हिँडेर पीडितहरू काठमाडौं आइपुगेका छन् । बर्दिवासबाट पैदल हिँडेका ७२ जनाको टोली ११ दिनमा आज काठमाडौं आइपुगेका हुन । मिटर ब्याजविरुद्धको सङ्घर्ष समिति नेपालको आयोजनामा उनीहरूले विरोधस्वरूप पैदल हिँडेका हुन् । मिटरब्याजी साहुले दुःख दिन थालेकाले पीडित चैत २ गते काठमाडांैका लागि उनीहरु हिँडेका थिए । भोलिदेखि माइतीघर मण्डलामा पुगेर प्रदर्शन गर्ने सङ्घर्ष समितिको तयारी रहेको छ ।
Breaking


प्रतिक्रिया