Breaking

पहाडी जिल्लामा चट्याङ र हावाहुरीको सम्भावना

योहो संवाददाता

काठमाडौँ – हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभाव छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी र मधेश प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ ।

देशका बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ ।

देशभर आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जनाएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा र देशका बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

मेघगर्जन, चट्याङसहित हावाहुरीको पनि सम्भावना रहेकाले यसबाट क्षति हुन नदिन आवश्यक सतर्कता अपनाउन पनि जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।