Breaking

नयाँ राष्ट्रपतिको सकस नागरिकता विधेयकदेखि नागरिकको आशासम्म


काठमाडौँ — मुलुकको सर्वोच्च निकाय राष्ट्रपति संस्था यसअघिका राष्ट्रपतिहरुको भूमिकाका कारण राष्ट्रपति पद पटक–पटक विवास्पद र बदनामको अवस्थामा छ । राष्ट्रपति निर्वाचनमार्फत मुलुकले नयाँ राष्ट्रपति पाएको छ । नयाँ राष्ट्रपति रामचन्द्र पौडेलले विग्र्रिँदै गएको राष्ट्रपति संस्थाको छवि सुधार्न सुझावहरुको चाङ लाग्न थालेको छ । सवारीमा सुधार र गैरदलीय छवि पहिलो शर्त बनेको छ । राष्ट्रपतिको रूपमा दोस्रो कार्यकाल पूरा गरेर शितलनिवासबाट बाहिरिने तयारीसुरु हुँदै गर्दा राष्ट्रपति विद्यादेवीले भण्डारीतिव्र आलोचना खेप्नुप¥यो । सघीय संसदमा सम्बोधन गर्न जाँदादेखि महाशिवरात्रीमा पशुपतिको दर्शन राष्ट्रपतिले भण्डारीले नागरिकको आक्रोश र तुच्छ आलोचनाको सामना गर्न बाध्य भईन् ।

शीर्ष नेतृत्वले नै राष्ट्रपति भण्डारीलाई राजासँग तुलना गर्न भ्याएका थिए । आफ्नो सवारीको बेला आमजनताले दुःख नपाउन भन्ने कुरामा सचेत नबन्दा राष्ट्रपति भण्डारी सुरुवातदेखि नै आलोचित हुनुप¥यो ।महिला हिंसाका हरेक घटनाहरु राष्ट्रपति भण्डारी नै निशानामा परिन् । संसद विघटन सदर, नागरिकता विधेयक प्रमाणीकरण अस्वीकारदेखि एमालेको रवरस्ट्याम्प बनेको आरोप राष्ट्रपति भण्डारीले खेप्नुप¥यो ।

उनको दुवै कार्यकाल आलोचनामै वित्यो । राष्ट्रपति संस्थालाई लिएर आम सर्वसाधरण रुष्ट रहेका बेला धारेहात लगाएर बसेका बेला आक्रोश र आलोचनाकाबीच मुलुकले नयाँ राष्ट्रपति पाएको छ । अनवरत नेपाली राजनीतिमा सक्रिय कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएका छन । फागुन २९ पछि शितलनिवासको जिम्मेवारी सम्हाल्नेछ ।नवनिर्वाचित राष्ट्रपति पौडेले पटक–पटक विवादमा पर्दै आएको शितलनिवासको साख र गरिमा जोगाउने प्रतिवद्धता जनाएका छन ।

प्रतिवद्धता जनाए पनि पौडेलका लागि राष्ट्रपति पद त्यति सहज पक्कै छैन । पौडेलको सुझबुझले नभ्याए दलका नेतृत्वले प्रयोग गर्दैनन्भन्न सकिन्न । राष्ट्रपतिमै गएर ठोक्किने नागरिकता विधेयकको प्रमाणीकरणसहित दजर्नौ विधेयकको चाङ छ । पहिलो राष्ट्रपति रामवरण यादवदेखि भण्डारीसम्म आलोचित बनेको दलगत सक्रियता त्याग्दै पौडेल गैरदलीय बन्न सक्लान् ? गल्ति नगर्ने राष्ट्रपति बन्न सक्लान्, संविधानको रक्षक,राष्ट्रको अभिभावक बन्लान्?आम जनतादेखि नेताहरुलाई समेत राष्ट्रपतिसवारी र सर्वसाधरणले खेप्नुपरेको सास्ती के होला ? यो मात्र परिवर्तन गर्न सकेपनि जनताले राहत पाउने सुझाव धेरैको छ ।

संविधानभन्दा बाहिर गएर,गठबन्धन राजनीतिको साक्ष्ीाको रुपमा काम नगर्ने,गठबन्धनको सहमतिलाई कार्यान्वयन गर्ने राष्ट्रपति नबन्न गठबन्धनकै नेताहरुको सुझाव छ । राजनीतिक परिपक्वता,अनुभव, वरिष्ठताका आधारमा नवनिर्वाचित राष्ट्रपति पौडेल दल वा नेतृत्वको इसारामा चल्दैनन् भन्नेमा धेरै आशावादी छन ।

राष्ट्रपतिका काम, कर्तव्य तथा जिम्मेवारी बहन गर्दा संविधानप्रदत्त मर्यादा तथा संविधानका अक्षर र भावनालाई आत्मसात् गरी दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्ने राष्ट्रिय अभियानमा सरिक हुने प्रतिवद्धता जनाएका पौडेल कतै आठदलीय गठबन्धनको रवरस्ट्याम्प त बन्ने होइन शंका कायमै छ । तथापिनयाँ राष्ट्रपति पौडेलेलाई राष्ट्रपति पद र शितलनिवासप्रति जनताको सोच बदल्नुको विकल्प छैन ।