Breaking

उपराष्ट्रपतिको विषयले गठबन्धनमा किचलो,आफ्नो भागमा पर्ने माओवादीको आशा,जनमतले पनि उठायो उम्मेद्वार


काठमाडौँ — राष्ट्रपति केन्द्रीत राजनिति आजबाट उपराष्ट्रपतितर्फ केन्द्रित बनेका छ । भद्र सहमति अनुसार उपराष्ट्रपतिको भाग जसपाको हो । तर जिम्मेवार नेताबाटै फरक खालका अभिव्यक्ति आउनु तथा संवैधानिक व्यवस्था लगायताले यो विषय उछालिएको छ । जसका लागि दलहरु आ–आफ्नै तयारीमा लाग्दा को होला त उपराष्ट्रपति ? बानेश्वरमा राष्ट्रपतिको निर्वाचन हुँदै गर्दा आफ्नो भागमा परेको भन्दै जनता समाजवादी पार्टी जसपा उपराष्ट्रपतिको उम्मेद्वार टुङ्गो लगाउने वैठकमा व्यस्त थियो ।

खाली हुने ठाँउमा उपेन्द्र यादव चुनाव लड्ने हल्लाकाबीच अन्तत केन्द्रीय कार्यकारिणी समितिको बैठकले रामसहायप्रसादयादवलाई उम्मेदवार बनाउने निर्णय ग¥यो । मंसिर ४ गते भएको प्रतिनिधिसभाको निर्वाचनमा बारा–२ बाट निर्वाचित भएका उनलाई उम्मेद्वार बनाउनुमा गठबन्धनको सहमतिकै आधार भएको जसपाको तर्क थियो । जहाँ एमालेपनि जसपाबाट उम्मेदवार भएको आफूले विरुद्धमा दावेदार खडा नगर्ने संकेत गरेको थियो ।

तर शुक्रबार विहान एकाएक माहोल परिवर्तन भयो कारण थियो कांग्रेस उपसभापती पूर्णवहादुर खड्काको अभिव्यक्ति । आज ललितपुरको बाँडेगाउँमा रहेको पूर्वप्रधानमन्त्री स्व. कृष्णप्रसाद भट्टराईको आश्रममा पुगेका उनले त्यो कुनै सहमती नै नभएको बताए । जसपा पुरापुर तयारीमा लाग्दा खड्काले भने अब छिटै नै गठबन्धनको बैठक बसेर औपचारिक निर्णय गर्ने समेत बताएका छन ।

यहिबीचमा निर्वाचन आयोगले राष्ट्रपतिमा पुरुष र खसआर्य समुदायका रामचन्द्र पौडेल निर्वाचित भएकाले योभन्दा फरक लिंग वा समुदायको व्यक्ति उपराष्ट्रपति पदको उम्मेदवार हुनसक्ने भनी विज्ञप्ति जारी गरेको छ । संविधानको धारा ७० मा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन फरक–फरक लिंग वा समुदायको प्रतिनिधित्व हुने गरि गर्नुपर्ने व्यवस्था छ । यसमा वा भएकोले जसपाले उठाएका व्यक्ति फरक समुदायको भएकाले फरक नपर्ने एकथरिले तर्क गरेका छन ।

तर राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ को दफा १६ को उपदफा (५) मा ’यस दफाबमोजिम उपराष्ट्रपति पदको लागि उम्मेदवार मनोनयन गर्दा राष्ट्रपति पदमा निर्वाचित व्यक्ति जुन लिंग वा समुदायको हो सोभन्दा फरक लिंग वा समुदायको व्यक्तिलाई मनोनयन गर्नुपर्नेछ,’ भन्ने व्यवस्था छ । त्यहि आधारमा आयोगले विज्ञप्ति निकालेको दावी गर्दा माओवादी पनि महिला नै उपराष्ट्रपति हुनुपर्ने ःपक्षमा देखिएको छ । जसलाई महासचिव देव गुरुङ श्रीमती यसोदा सुवेदीलाई अघि सार्ने आशयका रुपमा समेत हेरिएको छ ।

यद्यपि यसले जसपाको दावी कमजोर हुने देखिएको छ भने नागरिक उन्मुक्ति पार्टी भने उत्साहित बनेको छ । फलत ः पार्टीले अध्यक्ष रन्जिता श्रेष्ठलाई उम्मेद्वार बनाउने निर्णय गरेको छ । तर श्रेष्ठको समेत उमेर यसका लागि बाधक देखिदा जनमतले पनि ममता झालाई अघि सारेको छ । जसले ९ दलीय गठबन्धनमा उपराष्ट्रपतिको विषयले विवाद बल्झिने संकेत देखिएको छ भने यसको टुङ्गो लगाउन गठबन्धनको बैठक नै बस्ने भएको छ ।

जसलाई जसपाले नकारात्मक रुपमा नलिएपनि महिला नै हुनुपर्ने तर्फ सोझिएको बहसले भने उनीहरु शंसकित देखिएका छन । उमेरका कारण आफ्नो बाधा नहुने देखिएपनि मधेशमै उदाएको र पहिचानवादी पार्टीबाट अर्को उम्मेद्वारको दावी भएको विषयले समेत जसपा तरंगित हँुदा लगातार आएको अभिव्यक्तिले पनि दृश्य फरक किसिमले विकास हुने सम्भावना बढेको हो ।