काठमाडौँ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल टीआईएको महाप्रबन्धकमा प्रतापबाबु तिवारी पठाइएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणले विभागीय प्रमुखहरूको जिम्मेवारी हेरफेर गर्दै तिवारीलाई टीआईए पठाएको हो । यसअघि महाप्रबन्धक तिवारी नागरिक उड्डयन प्राधिकरणको प्रतिष्ठानको प्रमुख थिए ।
तत्कालीन महाप्रबन्धक प्रेमनाथ ठाकुर घुस प्रकरणमा मुछिएसँगै टीआईएको महाप्रबन्धक पद खाली रहन पुगेको थियो । सोही पदमा प्राधिकरणले तिवारीलाई पठाइएको जनाएको छ ।


प्रतिक्रिया