Breaking

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ आजको कार्यसूची

योहो संवाददाता

काठमाडौँ – संघीय संसद् अन्तर्गतको प्रतिनिधिसभाको बैठक बस्दै छ । बुधबार दिउँसो १ बजेका लागि बैठक आह्वान भएको संसद सचिवालयले जनाएको छ ।

आजको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको पत्र पढेर सुनाउने सम्भावित कार्यसूची छ ।

संसद् सचिवालयका अनुसार नेपालको संविधानको धारा ८९ को खण्ड (च) बमोजिम प्रतिनिधिसभा सदस्यको स्थान रिक्त रहेको व्यहोरा प्रतिनिधिसभा नियमावली, २०७५ को नियम २१२ को (१) बमोजिम सभामुखले जानकारी गराउने सम्भावित कार्यसूची छ ।

त्यस्तै, राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त ‘अनुगमन तथा मूल्यांकन विधेयक, २०७८ माथि विचार गरियास्’ भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत् गर्ने, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘संवैधानिक परिषद्-काम, कर्तव्य, अधिकार र कार्यविधि सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने लगायतका कार्यसूची छ।

यस्तो छ आजको कार्यसूचीः