काठमााडौँ — राष्ट्रपतिमा राष्ट्रिय सहमतिखोजेका दलहरु अन्तर्राष्ट्रिय सहमतिमै पुग्नुपर्ने बाध्यकारी अवस्थामा छन् । हिजो राष्ट्रपति बन्नका लागि ओली, देउवा र प्रचण्ड रिझाएमात्रै पुग्थ्यो । तर यतिबेला अन्तर्राष्ट्रिय सहमति नै चाहिने भएपछि नेताहरु दूताबास धाउन थालेका छन् । कोहीलाई राष्ट्रपतिकै बहानामा मिलेका कम्युनिष्ट फुटाउनु छ । कोहीलाई लुटिएको कुर्सी फर्काएर सातौंपटक प्रधानमन्त्री बन्नुछ । केहीदिनदेखि राष्ट्रपतिमा अल्झिएको राष्ट्रिय राजनीति यतिबेला देशी विदेशीको मसला बनेको छ ।
आज जनता मात्रै होइन, ओली, देउवा नै जान्न चाहन्छन्, दिउँसो प्रचण्डसँग सिंहदरबारमा औपचारिक भेटवार्ता गरेका क्वात्राले बेलुका बालुवाटार एक्लै भेटेर के पकाए ?के उनले महन्थ ठाकुर र कृष्ण सिटौलामध्ये एकलाई राष्ट्रपति बनाउन निर्देशन नै दिएका हुन् ?ओलीले बालुवाटारमा रअका सामन्थ गोयलसँग के गफ गरे, आजसम्म कसैले पत्ता लाउन सकेनन् । हाम्रा प्रधानमन्त्री भारतीय कर्मचारीसँग किन लम्पसार पर्छन ? सदनमा चित्रबहादुर केसीले भनेझैं के बालुवाटारमा विदेशीको नांगो नाच भएकै हो ? के चीनले चाहेका प्रधानमन्त्री बनेपछि भारतले चाहेको राष्ट्रपति बन्नुपर्ने हो ? के छिमेकीहरुको सन्तुलन यसै गरि मिल्ने हो ?यदि त्यस्तै हो भने, देशमा भएका सबै मन्त्रालय भागबण्डा गर्दिऔं ।
कति चीनलाई दिऔं, कति भारतलाई दिऔं, कति अमेरिकाले दिऔं । क्वात्रालाई ओलीले भेटे, देउवाले भटे, प्रचण्डले भेट । तर लिपुलेक–कालापानी कहिले फिर्ता गछौं ?भन्दै कसैले सोध्न सकेनन् । सीमा क्षेत्रको अतिक्रमण कहिले रोक्छ भनेर पनि कसैले सोध्न चाहेनन् ।त्यहि भारतका कारण किसानले फलफुल, तरकारी सडकमा फाल्दा यो विषय भेटवार्तामा कतै उठ्न सकेन । यी मध्ये केही विषय मात्रै उठाइदिएको भएपनि आज नेतृत्वप्रति जनताको विश्वास बढ्न सक्थ्यो ।
तर सत्तामा टिकिरहन, सत्तामा पुग्न वा सत्ताकै लागि विदेशीलाई गुहार्दा ओली, प्रचण्ड वा देउवामात्रै सकिँदैछैनन् । हाम्रो स्वाभिमान र राष्ट्रियता नै सकिँदैछ । अब आउनुहोस्, देशले खोजेको राष्ट्रपति को हो ? कस्तो हो ? दल खोजेका राष्ट्रपति को हुन् र कस्ता छन् ? नेपाल भित्रिएको मात्र दुईदिनमा राष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्म सबैसँग भेटघाट गरेका भारतीय विदेश सचिव विनयमोहन क्वात्राले १६ भेटवार्ता सम्पन्न गरे । भारतीय विदेश सचिवलाई भेट्न पार्टीका अध्यक्षदेखि राष्ट्रपतिसम्मलाई फुर्सदैफुर्सद ।
एउटा सचिवस्तरिय व्यक्तिलाई नेपालले दिएको भाउ हेर्दा नेपाली कुटनीतिको भाउ भने कौडीमा सीमित बनेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग त क्वात्राले दुईघण्टा लामो वान वान वार्ता गरेका थिए ।मतलब मात्र दुईजनाका बीचमा कुराकानी भएको थियो । क्वात्रा र प्रधानमन्त्री प्रचण्डभन्दा अर्काे व्यक्ति त्यो भेटवार्तामा थिएन ।
दुईदिनको छोटो अवधिमा १६ भेटवार्ता गरेकाक्वात्राको मुख्य उद्देश्य थियो,आगामी राष्ट्रपतिको विषयमा प्रत्येक नेतासँग एकाएक धारणा बुझ्नु । हुनत् उनी प्रधानमन्त्री प्रचण्डलाई भारत भ्रमणको निम्तो दिन नेपाल आएको परराष्ट्र संयन्त्रले बताएको थियो । तर प्रधानमन्त्रीलाई औपचारिक रुपमै भ्रमणको निम्तो नदिइ फर्किएका क्वात्रा आफ्नो उद्देश्यमा भने सफल भएर फर्किएका छन् ।
नेपालका सबै शीर्षत नेताका नाडी छामेर क्वात्रा स्वदेश फर्किएपछि अब भारतले त्यही अनुसार आफ्नो रणनीति बनाउने पक्का बनेको छ । क्वात्रा स्वदेश फर्किएलगत्तै सरकारको नेतृत्व गरेको माओवादी केन्द्रले राष्ट्रपतिमा काँग्रेसलाई सघाउने औपचारिक निर्णय नै गर्ने तयारी गर्दैछ । काँग्रेस माओवादीकै निर्णय पर्खेर बसिरहेको छ । अब क्वात्रा र प्रचण्डबीच एक्लाएक्लै गोप्य कोठामा के–के सहमति भयो विस्तारै खुल्दै जाँला । तर अहिलेका लागि माओवादीले काँग्रेसलाई सघाउने औपचारिक निर्णय गर्नु नै नेपाली राजनीतिका लागि ठूलो ब्रेकिङ बन्ने देखिन्छ ।
तर प्रश्न छ, माओवादीको यो निर्णय लगत्तै गठबन्धनको नेतृत्वकर्ता एमाले के गर्ला ?किनकि गठबन्धनबाट प्रचण्डलाई प्रधानमन्त्री बनाएको एमालेले राष्ट्रपति आफुनै हुनुपर्ने दाबीका साथ अघि बढेको छ । विश्वासको मत दिएर प्रचण्डलाई हातमा लिएको काँग्रेसले समेत आफ्नै उम्मेदवार राष्ट्रपति पूर्ण विश्वास देखाइरहेका छन् । यो विश्वासमात्रै नभएर काँग्रेसको आत्मविश्वास पनि हो । यो आत्मविश्वास कहाँ झल्किन्छ भने, काँग्रेस महामन्त्री गगनकुमार थापाले यसअघि सार्वजनिक मञ्चबाटै गठबन्धन फागुन १० मा भत्किने ठोकुवा गरेका छन् ।
पुस १० मा विग्रिएको गठबन्धन फागुन १० मा सच्चिन्छ भन्दै गगनले आत्मविश्वास देखाएको एकदिन वित्न नपाउँदै काँग्रेसकै सांसद् प्रदीप पौडेलले राष्ट्रपति काँग्रेसकै ढोक्समा पर्ने आत्मविश्वास संसदमा देखाएका छन् । यो हेरौं । अहिले काँग्रेसमा देखिएको आत्मविश्वास । प्रचण्डसँगको दोस्रो छलफलपछि सार्वजनिक मञ्चबाटै गठबन्धनको आयु तोकिदिएका गगनको भविष्यावाणी ।
सदनभित्रैबाट ओलीलाई प्रदीप पौडेलले दिएको चुनौती । यी सबै विषयले सडक र सदनबाटै राष्ट्रपति आफुले चाहेको बन्नेमा काँग्रेस ढुक्क छ ।नेकपा माओवादी केन्द्रको आधिकारिक स्रोतका अनुसार राष्ट्रिय सहमतिको नाम दिएर काँग्रेसका रामचन्द्र पौडेल वा कृष्ण सिटौलामध्ये एकलाई राष्ट्रपति बनाउने तयारी चल्दैछ ।
यसमा भारत फ्याक्टर जब्बर बनेर आएको छ । मंगलबारमात्रै एमाले अध्यक्ष ओलीले भारतीय विदेश सचिवको दौडधुपलाई केन्द्र बनाएर दिएको अभिव्यक्तिले समेत त्यसलाई झल्काउँछ । उनले देशी विदेशी शक्तिले गठबन्धन भत्काउन जोडबल गरेको भन्दै समीकरण फेरबदलको संकेत गरेका थिए । जतिबेला क्वात्रा नेपालमै थिए । यसमा माधवकुमार नेपालको आत्मविश्वासले समेत थप संकेत गरिरहेका छ । हुनत् उनी पनि राष्ट्रपतिको आकांक्षा गर्नेमध्येका एक पात्र हुन् । तर उनले पनि एमालेबाट राष्ट्रपति बन्दा देशै बर्बाद हुन्छ भन्दै सहमति नै हुनुपर्ने विषयलाई जोड दिएका छन् ।
तथापी यसको पटाक्षेप माओवादीको निर्णयसँगै विस्तारै सतहमा आउनेछ । तर पुस १० मा एमालेसँग भएको सहमति तोड्दै प्रचण्ड काँग्रेसको कित्तामा उभिए एमाले के गर्ला भन्ने प्रश्न प्रमुख हो । एमालेसँग दुई विकल्प छन् । सरकारबाट बाहिरिने कि प्रचण्डको रोजाईलाई स्वीकार्दै गठबन्धनमै बस्ने । किनकि उसले राष्ट्रपति पाउने विषय थप कमजोर बन्दै गएको छ । तर यसको संकेत ओलीले माघ २७ मा बसेको संसद बैठकपछि नै पाएका थिए ।
किनकि भारतको पहिलो रोजाई एमाले, काँग्रेस वा माओवादी नभई मधेशका महन्थ ठाकुर भएको विषय क्वात्राको नेपाल भ्रमणपछि मात्रै सार्वजनिक भएको नेताहरु बताउन थालेका छन् ।तर ओलीले महन्थ ठाकुरलाई माघ २७ मा आफ्नै गाडीमा राखेर संसद भवनबाट बालकोट पु¥याएपछि धेरैले शंका गर्न थालेका थिए । उनीहरुबीच बालकोटमा झण्डै एक घण्टा लामो छलफल चलेको थियो ।
त्यो छलफलपछि ओलीले राष्ट्रपतिमा महन्थक


प्रतिक्रिया