Breaking

चुनाव जित्नेमा रवि ढुक्क, सीके भन्छन् ठुला दल नै लखट्न लागि परे

योहो संवाददाता

काठमाडौँ —लामो समयदेखि राज गरिरहेका ठूला दलहरुको विकल्पमा नयाँ राजनीतिक शक्तिहरु प्टक पटक उदाउन खोजेका छन् । तर विकल्पमा उदाएका भनिएका शक्तिहरु व्यवस्थित र भरपर्दाे बन्न सकिरहेका छैनन् । जस्ले आम जनताले नयाँ शक्तिहरुलाई विकल्पका रुपमा विश्वास गर्न सकिरहेका छैनन् । ठूला दलहरुको सत्ता स्वार्थ राजनीतिबाट आजितबनेका जनतलो विकल्पको खोजी गरिरहेका छन् भन्ने सन्देश गएको स्थानीय र संघको चुनावमा दिइसकेका छन् । स्थानीय तह निर्वाचनमा गाउँ, नगर हुँदै महानगरको नेतृत्वमा स्वतन्त्रलाई सुम्पिदा संघमा पनि विकल्प भनेर आएका राजनीतिक दलमाथि भरोसा राखेको प्रष्ट छ ।

ठूला दलहरुको दलदलमा पिल्सिएको अहिलेको अवस्थामा बैकल्पिक शक्तिका रुपमा दलहरु च्याउ सरी उम्रिएका छन् ।ठूला दललाई चुनौती दिँदै विकल्पको राजनीति सुरु गएको राष्ट्रिय स्वतन्त्र पार्टीले ६ महिनामा नै सदनमा राष्ट्रिय दलसहित अस्तित्व बनाउन सफल भयो । रउस्ले बैकल्पिक शक्तिहरुको प्रमुख दलको रुपमा आफूलाई उभ्याउन सफल भएको छ । भलैएक महिनामा नै सत्ता बहिर्गमनपछि यो दल राजनीतिक दलदलमा फसेको चिन्ता प्रकट भइरहेका छन् । पार्टीको नेतृत्व नै कानुनी कसुरमा तल परेपछि वैकल्पीक शक्ति प्रति मतदाताको भरोसाा डगमगाउने हो की भन्ने भय समेत सुरु भएको छ ।

रास्वपासहित अरु आधा दर्जन नयाँ दलहरुगएको पाँच वर्षमा उदाए । तर कतिपय छिन्न भिन्न भएर अस्तित्व नै धरापमा पुगेको छ भनेकतिपय सत्ता स्वार्थमा मैमत्त हुने खोजेका छन् । चाहे नागरिक उन्मुक्ति पार्टी होस, जाहे जनमत पार्टी । यी दलहरु समेत विवेकशिल साझाकै अवस्थामा पुग्ने चिन्ता कायम छ । यद्यपी वैकल्पिक शक्तिको उदयले परम्परगत पार्टीलाई केही धक्का लागे पनि कम्पन नै ल्याउन भने समय लाग्ने उनीहरुको बुझाई छ ।

पछिल्लो पुस्तामा विकल्पको बीज छरेको विवेकशील साझा पनि नयाँ जोशका साथ अघि बढेको छ । रविन्द्र मिश्रले धर्मराउँदै गुडाइरहेको पार्टीलाई बीचैमा छोडेर राप्रपामा आश्रय लिन पुगेपछि विवेकशिलको जीवन शिथिल बनेको थियो । तथापी भर्खरै सम्पन्न महाधिवेशनबाट पार्टी जिवन्त छ भन्ने सन्देश दिएको छ । अधिवेशनको मञ्चमा नै मिश्रलाई इंगित गर्दै परिवर्तन छोड्नेलाई यो झापड भएको तर्क गर्दै एक पटक लडिसकेको विवेकशील साझा पुन उठ्ने नवनिर्वाचित अध्यक्ष समीक्षा बास्कोटाले उद्घोष गरिन् ।

बालेन्द्र साह, हर्क सम्पाङ राई जस्ता स्वतन्त्रबाट उदाएकाहरु समेत वैकल्पिक धारको खोजीको गृहकार्य गरिरहको बुझिन्छ । देशको राजनीतिक इतिहास हेर्ने हो भने विभिन्न कालखण्डमा धेरै विकल्पहरुको उदय भएका छन् । तर राणाकालिन शासन पछि प्रजातन्त्र, र गणतन्त्रसम्म आइपुग्दा उदाएका बैकलिप्क शक्तिहरुले जनताको मर्म र भावना अनुसार जिम्मेवारी पूरा गर्न नसक्दा जनता अझै पनि विकल्पकै खोजीमा छन् । त्यसैलेहाल देखिएका वैकल्पीक शक्तिहरुज्नताको नजरमा सक्षम की असक्षम हुने त्यो परिक्षण गरिरहेका छन् ।