काठमाडौँ — काठमाडौं खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयका निर्देशक राजेन्द्र सापकोटाले काठमाडौं उपत्यकाको चक्रपथ बाहिरको क्षेत्रहरुमा मेलम्चीको पानी वितरण गरिदिन अत्याधिक माग आएको बताउनुभएको छ । सोमवार आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उहाँले काठमाडौं उपत्यकाको चक्रपथ बाहिरको क्षेत्रहरुमा पनि मेलम्चीको पानी वितरण गरिदिन अत्याधिक माग आइरहेको र माग सम्बोधन गर्न अनुमानित २४ अर्ब बित्तीय श्रोत आवश्यक देखिएको बताउनु भयो ।
उहाँले काठमाडौं उपत्यकामा हाल नेपाल विद्युत प्राधिकरणबाट विद्युत लाइन भूमिगत गर्ने कार्य भइरहेको र कतिपय स्थानमा सडक साँघुरो हुँदा बिछ्याइसकिएको खानेपानीको पाइप तथा विद्युत लाइन भूमिगत गर्ने क्रममा आवश्यक सुरक्षित दूरी कायम हुन नसकेको बताउनु भयो । उहाँले भविष्यमा त्यस्ता स्थानको मर्मतसम्भार गर्दा समन्वय त�


प्रतिक्रिया