Breaking

भक्तपुरमा महेशलाई मुस्किल, दुर्लभसँग हुँदैछ टक्करको लडाइँ, देउवा–ओलीको प्रतिष्ठा जोडियो


काठमाडौँ— भक्तपुर २ नेकपा एमालेका नेता महेश बस्नेतको निर्वाचन क्षेत्रका रुपमा चर्चित छ । गत निर्वाचनमा अत्याधिक मतसहित बाजी मारेका बस्नेतको सम्भावना अहिले पनि बलियो छ । तर गठबन्धनको साथमा काँग्रेसले टक्करकै उम्मेदवार दिएपछि बस्नेत संकटमा छन् । भक्तपुर २ को चुनावी प्रतिस्पर्धा अन्य ठाउँजस्तो सामान्य अवस्थाको छैन ।

यहाँ नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीका विश्वासपात्र महेश बस्नेत र प्रधानमन्त्री शेरबहादुर देउवाका विश्वासपात्रदूर्लभ थापा टक्करको लडाईँ लड्दैछन् । हेर्दा हुलिया उस्तै छ, शैली उस्तै छ र उमेर पनि उस्ता उस्तै छ ।उनीहरु दुवै जनादल बलको राजनीति गर्न माहिर छन् । निवर्तमान सांसदसमेत रहेका बस्नेत र दुई कार्यकाल पार्टीको जिल्ला सभापति खाएका थापा दुबै जनाजित निकाल्ने दाउमा छन् । कुनै बेला एमाले नेता बस्नेतले प्रधानमन्त्री शेरबहादुर देउवालाई भक्तपुर दुईमाआएर आफुसँग चुनाव लड्न चुनौती दिएपछि देउवाले पनि भक्तपुरमै पुगेर थापासँग जितेर देखाउनचुनौती दिएका थिए । अहिले उनै थापालाई देउवाले टिकट दिएर बस्नेतविरुद्ध भिडाएका छन् ।

तर एमाले अध्यक्ष ओलीको निवास क्षेत्र र बस्नेतकै दलबलका कारण भक्तपुर २ एमालेले गुमाउन चाहेको छैन । चुनावी प्रतिस्पर्धामा उत्रिएका २६ जनामध्ये ११ जना स्वतन्त्र उम्मेदवार छनभने बाँकी राजनीतिक दलका हुन् ।भक्तपुर १ मा ४८ सालदेखि जित्दै आएको नेमकिपाबाट २ मा अनुराधाथापा मगर र राप्रपाबाट मोहनकुमार केसीले पनिउम्मेदवारी दिएका छन् । तर बस्नेत र थापा बाहेक अरुको चुनावप्रचार पनि देखिएको छैन भने स्थानीयको चासो पनि अरुमा कम देखिन्छ । फलत यी दुईमध्ये एकको जित निश्चित जस्तै बनेको छ । २०७४ को निर्वाचनमा बाम गठबन्धनको समर्थनसहित काँग्रेसका दमननाथ ढुंगानालाई पराजित गरेका बस्नेत यसपटक दोहोरिने दाउमा छन् । तर गठबन्धनको भरथेग र आफ्नै प्रभाव विस्तार गरेका थापापनि बस्नेतको उठीबास लगाएर संसद छिर्न खोजेका छन् ।

स्थानीयतहको निर्वाचनमा वडाले पाएको मतलाई विश्लेषण गर्दा यहाँकाँग्रेस एक्लै एमाले भन्दा बलियो छ । काँग्रेसले २५ हजार ७ सय ६४ मत प्राप्त गर्दा एमालेको २४ हजार २८५ मतथियो । त्यसमध्ये एकीकृत समाजवादीले १२ सय र माओवादीले एक हजार मतपाएका थिए । यसर्थ बस्नेत भन्दा थापालाई चुनाव जित्न सहज देखिएको छ ।किनकि गत निर्वाचनमा आफ्नै गढका रुपमा रहेको मध्यपुर थिमि नगरपालिका गुमाएपछि काँग्रेसले प्रदेश र संघ पनि गुमाएको थियो ।

अहिले गठबन्धनकै बलमा शक्ति फर्काएर काँग्रेसले मध्यपुर थिमि र चागुनारायण समेत जितेको छ । तर झापा सहितका केही जिल्लामा एमालेसँग तालमेल गरेको र यही क्षेत्रमा ४ हजार मतबढी रहेको राप्रपाले साथदिए बस्नेतको सम्भावना फर्किनपनि सक्छ ।