Breaking

मधेशमै संकटमा मधेशवादी दल, के होला चुनाव पछिको हालत ? ठुलाका हातमा सत्ता जादा के होला मधेशका मुद्दा ?


काठमाडौँ— अघिल्लो कार्यकाल मधेशप्रदेशमा स्थायी सरकारका चलाएको जसपा अहिले अस्थित्व रक्षाको लडाई लडिरहेको छ । यहि चुनौतीका बीचसत्ता गठबन्धनले चित्त बुझ्दो भाग नदिएको भन्दै एमालेसंग मिसिएको जसपा मात्र नभई टुक्रिएर बनेको लोसपा समेत ठूला राजनीतिक दलको अगाडी छायाँमा परिरहेका छन् ।

एकअर्कालाई धारे हात लगाउँदै आएका दुई पार्टी र पार्टीको नेतृत्व अर्थात नेकपा एमाले र जसपा तालमेलका साथ चुनावमा होमिएका छन । परस्पर विरोधीको तालमेल गरेर अघि बढेको एमाले जसपाको माध्यमबाट तराई मधेशमा आफ्नो वचश्र्व थप फैलाउने योजनामा छ भने जसपा एमालेको सहयोगमा यसअघिको विरासत जोगाउने ध्याउन्नमा छ । निर्वाचन आयोगको तत्थाङ्क अनुसार प्रतिनिधि सभाका ७९ र प्रदेश सभाका १४० सिटमा उम्मेद्वारी दिएको जसपाले मधेश प्रदेशका अधिंकाश स्थानमा एमालेसंग तालमेल गरेको छ । विगतमा मधेश प्रदेशमा स्थायी सरकार चलाएको जसपा अहिले पनि केन्द्रमा भन्दा प्रदेशमै वर्चस्व कायम गर्ने रणनितिमा छ । यहि आशामा लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले सत्ता गठबन्धनसंग तालमेल गर्दा प्रभु शाह स्वतन्त्रहरुको नेतृत्व गर्दै छन । जहाँ सिके राउतको जनमत पार्टीले आफ्नो ठाँउ बनाउने अवसर खोज्दै गर्दा विगतमा मधेशवादी दलको नेतृत्व गर्ने नेताहरुवीच नै प्रतिस्पर्धाको अवस्था सिर्जना भएको छ । त्यसमध्ये सप्तरी क्षेत्र नं. २ मा उम्मेदवारी दिएका उपेन्द्र यादव नैसंकटमा देखिएका छन् ।

यस अघि मधेश आन्दोलनको सेन्टिमेन्ट र जातिय भोटले चुनाव जित्दै आएका यादव यस पटक आफु जत्तिकै चर्चामा रहेका दुई उम्मेदवार जनमत पार्टीका अध्यक्ष सिके राउत र लोसपाका जयप्रकाश ठाकुरकोे चेपुवामा छन् । अर्कोतर्फ कुनै पनि उम्मेदवारले दोहो¥याएर चुनाव जितेको रेकर्ड नरहेको यो क्षेत्रमा प्रतिस्पर्धा गर्दै गरेका उनले मधेशको मुद्दा भजाएर चुनाव जित्ने बाटो पनि उनले आफैले बन्द गरेका छन् । यद्यपी प्राप्त उपलब्धीलाई संस्थागत गर्न अझै आफ्नो आवश्यक रहेको भाष्य निर्माण गरेर चुनाव जित्ने रणनितिमा यादव छन । केन्द्रीय सरकारको सहभागी हुन नसके पनि मधेशको सरकार चलाउन पाए आफ्नो शाख जोगिने आशामा रहेका उनीहरु यो पल्ट अस्थित्व रक्षाको चरण रहँदा लोसपाको हालत जसपाको भन्दा खराव छ ।

पूर्व राजपाका अधिंकाश नेता रहेको लोसपाका अध्यक्ष महन्थ ठाकुर नै एमाले, जसपा गठबन्धन र स्वतन्त्र उम्मेदवारसँग कडा रूपमा चुनौती सामना गर्नुपर्ने अवस्थामा छन ।जसले मधेशलाई आधार भूमि बनाएका दलहरु नै मधेशबाट बढारिने खतरा बढेको छ भने अवको नेतृत्व ठुला दलकै हातमा पुग्ने सम्भावना प्रवल बनेर गएको छ ।स्थानीय निर्वाचनबाटै सवैभन्दा बढि पार्टी अलदवदल गर्न नेताहरु समेत यहि प्रदेशमा छन भने ठुला दलले पनि अवस्था सुधारेको वर्तमान अवस्थामा मदेशवादी भनिएका दल केवल ठुला राष्ट्रिय दलकै स्वार्थपूर्तीको माध्यममा सिमित बन्ने देखिन्छ ।राजनितिक विश्लेषक गोपाल झा पनि अव मदेशवादी दलहरु अस्थित्व रक्षाकै अवस्थामा पुग्ने बताउछन । यद्यपी अन्य दलका उम्मेद्वारले पनि मधेशका मुद्धा वुझिसकेका कारण शिर्ष दलकै नेतृत्व भएपनि मदेशका मुद्धा कमजोर नहुने उनको भनाई छ ।

तर मदेशवादी भनिएका दलहरुको शक्ती भने खण्डित हुने उनको विश्लेषण छ । यता सत्ता गठबन्धनमै रहेको भए जित निश्चित भएका पुर्व मन्त्री राजेन्द्र श्रेष्ठ नै तेश्रो प्रतिस्पर्धीका रुपमा ब्याख्या गरिदै गर्दा एमालेको साथ जसपालाई नफाप्ने धेरैको विश्लेषण छ । यहि परिस्थितीमा मदेशभित्रकै मतदाताले प्रश्न गर्ने ठाँउ काठमाडौँबाट प्रदेशमा सर्दा विगतको नेतृत्व गर्ने दल अझ बढि प्रश्नको घेरामा रहने निश्चित छ । त्यसमाथि पनि जुट्दा सफल र फुट्दा असफल हुने भोगाई उनीहरुले विगतमै भोगिसकेका छन । यसको अर्थ आगामी निर्वाचन पछि क्षेत्रियताका राजनिति गर्ने यी शक्तीलाई राष्ट्रिय शक्ती बन्ने वा विचार मिल्नेसंग समाहित हुनुपर्ने दवावमा पर्ने देखिन्छ ।