Breaking

चितवनमा रविको तहल्का, स्वतन्त्र पार्टी प्रमुख दललाई भारी


काठमाडौँ— देशमा जारी संकटलाई मुख्य राजनीतिक दलहरुले पार लगाउन नसक्ने भन्दै पार्टी नै दर्ता गरेर निर्वाचनमा होमिएका रवी लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टीलाई राष्ट्रिय दल बनाउने प्रयत्नमा छन । चुनावी गतिविधिमा व्यस्त उनी आफ्नो सपना पूरा हुनेमा दृढ देखिन्छन् ।

मुलुकको जारीे संकटलाई मुख्य राजनीतिक दलहरुले पार नगाउन नसक्ने भन्दै चिरपरिचित संचारकर्मी रवी लामिछाने पार्टी नै दर्ता गरेर निर्वाचनमा होमिए । आफ्नै पार्टी दर्ता गराएर चुनावी मैदानमा होमिएका सभापति रवी लामिछाने यतिबेला राष्ट्रिय स्वतन्त्र पार्र्टीलाई राष्ट्रिय दल बनाउने प्रयतन्नमा छन । र उनै लामिछानेले पार्टीमा झल्दोबल्दो युवा वर्गलाई प्राथमिकता दिई निर्वाचनमा पुराना दलसँग टक्कर दिइरहेका छन । बढ्दो स्वतन्त्रको क्रेजलाई पक्रने उदेश्यका साथ राष्ट्रिय स्वतन्त्र पार्टी निर्माण गरि लामिछानेले १३१ युवा उम्मेदवारलाई प्रत्यक्ष निर्वाचनमा उतारेका छन् । प्रत्यक्षतर्फ १३१ निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएपनि प्रदेश संरचना देशका लागि घाडो भएको भन्दै सो पार्टीले प्रदेशसभा निर्वाचन भने बहिष्कार गरेको छ । जनताबाट अनुमोदित भए जो कोही सत्तामा आउन सक्छन् । यो लोकतन्त्रको सुन्दर पक्ष पनि हो । राजनीति कालखण्डमा धेरैले वैकल्पीक शक्ति बन्ने भन्दै निर्वाचनमार्फत परीक्षण उत्रिए ।

गएको निर्वाचनमा विवेकशिल साझा पार्टीले आफूलाई वैकल्पीक शक्तिको रुपमा उभ्याएर निर्वाचनमा होमिएको थियो । तर जनताले उनीहरुलाई पत्याएनन् । पाँच वर्षकै अवधीमा सो पार्टी छिन्नभिन्न हुन पुग्यो । पार्टीभित्रको आन्तरिक व्यवस्थापन गर्न नसकेका कारण सो पार्टीका नेता रवीन्द्र मिश्र यतिबेला हलो चिह्न बोकेर राप्रपा प्रवेश गरेपछि वैकल्पीक शक्ति एजेण्डा अलपत्र बन्न पुग्यो । ठिक यहि समय चुनावमा होमिएका साना दलहरु के राष्ट्रिय शक्ति बन्न सक्छन ? भन्ने प्रश्न उठेको छ । युवाको साथ र पुरानाको विरोध गर्दै चुनावी मैदानमा होमिएका राष्ट्रिय स्वतन्त्र पार्टीले धेरै ठाउँमा जित दाबी गरेपनि के रैथाने र कार्यकर्ताको बाक्लो संगठन भएका दलहरुलाई यि नया दलका नया उम्मेदवारले पराजित गर्न सक्लान् ? राष्ट्रिय दल बन्नका लागि संविधानमा व्यवस्था भए बमोजिम तिन प्रतिशतको थे्रस होल्ड राष्ट्रिय स्वतन्त्र पार्टीले कटाउन सक्ला ? या प्रत्यक्षमा पार्टीका सभापति रवी लामिछाने चितवन २ बाट निर्वाचित भएर सदनको ढोका खोल्न सक्लान् ? भन्ने चासो पनि व्याप्त छ ।

त्यस्तै चितवन १ बाट बौद्धीक नेता सुरेन्द्र पाण्डेसँग चुनावी प्रतिष्पर्धा गरिरहेका सेयर बजारका लगानीकर्ता हरि ढकाल पनि चितवनमा माहोल तताइरहेका देखिन्छन् । राष्ट्रिय दल बन्नका लागि प्रत्यक्षमा स्वतन्त्र पार्टीका सम्भावना बोकेका उम्मेदवारहरु ललितपुर ३ मा डा. तोसिमा कार्की, काठमाडौं २ मा सोभीता बस्नेत, काठमाडौं एकका पुकार बमको चर्चा दिनप्रतिदिन बढ्दो छ । तर ठुला दलका प्रमुख नेतालाई हराएर सदन छिर्ने त्यति सजिलो भने देखिँदैन । इनअफ इज इनअफ, कोरोना महामारी र काठमाडौंका जनतामाझ सामाजिक अभियन्ताको छबी बनाएका बम गएको निर्वाचनको अनुभव संगालेर यसपटक सदनमा छिर्ने कोशिसमा छन । तर रवीन्द्र मिश्र तथा प्रकाशमान सिंह जस्ता हेबी वेट नेताको उनले सामना गर्नुपर्ने छ ।

विवेकशिल साझाबाट निर्वाचन जित्न नसकेका पुकार बम रवीन्द्र मिश्र जस्तो वैकल्पीक धारै नछोडेका कारण पनि आम मतदाताले उनीप्रतिको आशा नमरेको बताएका छन् । आफ्ना विभिन्न योजना र घोषणापत्र सार्वजनिक गरेतापनि पुराना दललाई गाली गर्न नछोडेको राष्ट्रिय स्वतन्त्र पार्टीको सदन छिर्ने सपना पुरा होला त ? देशमा खिइदै गएको वैकल्पीक धारलाई राष्ट्रिय स्वतन्त्र पार्टीले बचाउँला ? त्यो भने आगामी मंसिर चारले नै देखाउने छ ।