काठमाडौँ—राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो आइसल्याण्ड भ्रमणका दौरान उपराष्टतिलाई कार्यकारी अधिकार दिएकी छन् ।
भण्डारी सोमबार औपचारिक भ्रमणका लागि आइसल्याण्ड गएकी छन् । उनी भ्रमणमा रहुन्जेल आफूले सम्पादन गर्ने कार्य उपराष्ट्रपतिले गर्नेगरी तोकेकी हुन् ।
राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा “उहाँको अनुपस्थितिमा राष्ट्रपतिबाट सम्पादन हुने कार्य नेपालको संविधानको धारा ६७ को उपधारा (२) बमोजिम सम्माननीय उपराष्ट्रपतिबाट सम्पादन गरिने गरी तोक्नु भएको उल्लेख गरिएको छ ।”


प्रतिक्रिया