Breaking

जथाभावी गर्ने ठूला दललाई संसदमा पुगेर खबरदारी गर्छौं : पशुपति शम्शेर


काठमाडौँ— राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता पशुपति शम्शेर जबराले जथाभावी गर्ने ठूला दललाई चुनावपछि संसदमा पुगेर खबरदारी गर्ने बताएका छन्। उनले संसदमा आफ्नो पार्टीको बलियो उपस्थिति हुनेसमेत दावी गरेका छन्।

नवलपरासी पार्टी कार्यालयले सोमबार परासीमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता जबराले राजनीतिक दलहरूले मनपरी गरेकाले यस पटक राप्रपा संसदमा पुगेर उनीहरूलाई खबरदारी गर्ने बताए। उनले मुलुकभरको जनलहरले यो पटक राप्रपा संसदमा गई खबरदारी गर्ने बताए ।

नेपाली जनताले ठूला दललाई मुलुक सुम्पेको नभई राम्रोसँग चलाउन दिएको बताउँदै राणाले देशको भविष्य निर्माण गर्ने महत्वपूर्ण घडी निर्वाचन भएकाले अब जनताले मतमार्फत आफूहरूलाई देश चलाउन दिनेमा ढुक्क रहेको बताए।

राणाले गफ गरेर नभई काम गरेर देशको मुहार फेर्न संसदमा जाने बताएका छन्।