Breaking

साफ यु-१५ मा नेपालको लगातार दोस्रो जित


काठमाडौँ— बंगलादेशमा जारी साफ महिला यु-१५ च्याम्पियनसिपमा नेपालले लगातार दोस्रो जित निकालेको छ ।

नेपालले आज सम्पन्न खेलमा घरेलु टोलीलाई १-० ले हराउँदै लगातार दोस्रो जित निकालेको हो । ढाकास्थित वीर श्रेष्ठ सहिद सिपाही मुस्ताफा कमल स्टेडियममा खेलको ८७ औं मिनेटमा वर्षा ओलीले गरेको एक मात्र गोल नेपाललाई जित दिलाउन प्रर्याप्त बन्यो । साफ यु-१५ मा नेपालले पहिलोपटक बंगलादेशलाई हराएको हो ।

यसअघिका तीन भेटमा नेपाल पराजित भएको थियो ।यो जितसँगै दुई खेलमा ६ अंक जोडेको नेपाल शीर्ष स्थानमा उक्लिँदा पहिलो हार बेहोरेको बंगलादेश समान खेलबाट तीन अंकका साथ दोस्रोमा छ ।

पहिलो खेलमा दुवै टोलीले भुटानलाई हराएका थिए ।