काठमाडौँ— दाङ ३ मा एमालेबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेकी कोमल वलीलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ ।
चुनावी प्रचारमा स्कुले विद्यार्थी प्रयोग गरेको विषयमा आयोगले शनिबार वलीलाई स्पष्टीकरण सोधेको हो । आयोगले चुनावी प्रचारप्रसारमा बालबालिका प्रयोग भएको तस्वीर फेला परेको भन्दै यो विषयमा २४ घण्टाभित्र स्पष्टीकरण दिन भनेको छ ।
आयोगले भनेको छ, ‘निर्वाचन प्रचारप्रसारमा बालबालिकाको प्रयोग गर्नु हुँदैन भन्ने जानकारी हुँदाहुँदै तपाईंले सो कार्य गरेको देखिएकोले निर्वाचन आचारसंहिताको उल्लङ्घन गरेकोमा निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) र (४) बमोजिमको कारवाही किन हुनु नपर्ने हो ?


प्रतिक्रिया