Breaking

जसपाद्वारा प्रतिवद्धतापत्र सार्वजनिक


काठमाडौँ— जनता समाजवादी पार्टी (जसपा)ले प्रतिवद्धतापत्र सार्वजनिक गरेको छ। जसपाले शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रतिवद्धतापत्र सार्वजनिक गरेको हो।

आसन्न प्रतिनिधिसभा र प्रदेशसभालाई लक्षित गर्दै जारी घोषणापत्रमा आर्थिक समृद्धिको विषय समेटिएको छ। प्रत्यक्ष तथा सहभागितामूलक समावेशी लोकतन्त्रको मान्यता अनुरूप संघमा बालिग मताधिकारमा आधारित जनताद्वारा निर्वाचित कार्यकारी राष्ट्रपति हुने व्यवस्था गर्ने उल्लेख छ।

प्रदेशहरूमा मुख्यमन्त्री तथा विशेष संरचना र स्थानीय तहहरूमा त्यहाँको कार्यकारी प्रमुख पनि बालिग मताधिकारका आधारमा प्रत्यक्ष निर्वाचित हुने व्यवस्था गर्ने भनिएको छ। संघीय संसद् र प्रदेशसभाहरू पूर्ण समानुपातिक निर्वाचन प्रणालीबाट चयन गरिने उल्लेख छ।