देश

भोलिको सुन्दर नेपालको परिकल्पनाकार प्रदीप पौडेल भएको वरिष्ठ कलाकार नीर शाहको भनाई


काठमाडौँ— वरिष्ठ कलाकार नीर शाहले नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेल आगामी नेपालको परिकल्पनाकार भएको बताएका छन् ।काठमाडौँ क्षेत्र नं ५ लोकतान्त्रिक बुद्दिजिबी तथा पेसाकर्मी समूहले गरेको बृहत कार्यक्रम मार्फत पौडेललाई मत माग्दै सो कुरा बताएका हुन् ।

शाहले नेपालको वैचारिक राजनीति र भोलिको सुन्दर नेपालको परिकल्पनाकार रहेको समेत बनाए। नेपालको गणतान्त्रिक आन्दोलनको बारेमा मिले धेरै भनिरहन परेन। उहाँ आन्दोलनको बिगुल फुक्ने अग्रणी ब्यक्ती हुन् ।सबै कुरालाइ केलाएर हेर्दा भोलिको नेपालको परिकल्पनाकार प्रदीप पौडेल भएको र नेपालको गणतान्त्रिक आन्दोलनमा अग्रणी भूमिका रहेकोबारे स्मण गराउदै अबको पौडेलको पुस्ताले काम गर्नुपर्नेमा नीर शाहले जोड दिए।

त्यसैगरी केपी ओली नेतृत्वको सरकारले गरेका काम कारबाहीका बारेमा टिप्पणी समेत गरेका छन् । शाहले ओली नेतृत्वको सरकारको गलत कदमका कारण गठबन्धन गर्नुपरेको प्रस्ट पारे। त्यसैगरी सो कार्यक्रममा अर्थशास्त्री डा स्वर्णिम वाल्ले, स्वास्थ्यविज्ञ डा। सुधा त्रीपाठि लगायतले कार्यक्रमलाई सम्बोधन गरेका थिए।