Breaking

ट्वीटरमार्फत् इजरायलका नवनियुक्त प्रधानमन्त्री नेतान्याहूलाई प्रधानमन्त्री देउवाको बधाई


काठमाडौँ— प्रधानमन्त्री शेरबहादुर देउवाले इजरायल प्रधानमन्त्रीमा पुनः निर्वाचित भएमा बेन्जामिन नेतान्याहुलाई बधाई दिएका छन् । सामाजिक सञ्जाल ट्वीटरमार्फत् प्रधानमन्त्री देउवाले नेतान्याहूलाई बधाई दिएका हुन् ।

बधाई सन्देशमा देउवाले दुई देशबीचको द्विपक्षीय सम्बन्ध र सहकार्यलाई थप मजबुत हुने आशा व्यक्त गरेका छन् । गठबन्धनका तर्फबाट नेतान्याहू पुनः प्रधानमन्त्रीमा निर्वाचित भएका हुन् । कुल १२० सिट रहेको इजरायली संसद्मा नेतान्याहूको पार्टीले ३२ सिट‚ एस अतिद पार्टीले १८ सिट र रिलिजियस जियोनिस्ट पार्टीले १४ सिट प्राप्त गरे ।

उक्त पार्टीबीचको गठबन्धनबाट नेतान्याहू प्रधानमन्त्रीमा चयन भएका हुन् ।