देश

थप ४९ जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौँ— पछिल्लो २४ घण्टामा देशभर ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

दुई हजार २३ वटा स्वाब नमुनाको परीक्षण गर्दा ४९ जनामा संक्रमण देखिएको हो ।यो अवधिमा देशभर २३ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ५७५ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जनाएको छ ।