काठमाडौँ – उत्तर कोरियाले जापानको तटीय क्षेत्रमा कयौँ मिसाइल प्रहार गरेको छ ।
उसले अन्तर्राष्ट्रिय रुपमा प्रतिबन्धित ब्यालेस्टिक मिसाइल आईसीबीएमसमेत प्रहार गरेको जापानी अधिकारीहरुले जनाएका छन् । लगातारको मिसाइल प्रहारपछि उत्तरी जापानको तटीय क्षेत्रका वासिन्दालाई सुरक्षित स्थानमा जान जापान सरकारले आग्रह गरेको छ ।
यसअघि जापान सरकारले उत्तर कोरियाली मिसाइल टोकियोको आकाश हुँदै गएको बताए पनि पछि यो सूचना सच्याएको छ । प्रधानमन्त्री फुमियो किशिदाको कार्यालयले यसअघि मियागी, यामागाटा र निगाटाका उत्तरी तथा मध्य प्रान्तका स्थानीय वासिन्दालाई बलिया भवनमा वा भूमिगत भएर आग्रह गरेको थियो ।
त्यसपछि ती क्षेत्रमा बुलेट रेल सेवा रोक्न आग्रह गरिएको थियो । यसअघि उत्तर कोरियाले हिजो दक्षिण कोरियाको सीमा क्षेत्रमा कयौँ मिसाइल प्रहार गरेको थियो ।


प्रतिक्रिया