Breaking

हिमाल र पहाडी क्षेत्रमा सुस्ताएको डेङ्गु संक्रमण तराईमा भने झन् फैलिँद


काठमाडौँ — कोरोना भाइरसको महामारीबाट जसोतसो मुक्त बनेका नेपाली नागरिक फेरि डेंगु संक्रमणबाट आक्रान्त छन् । तराइका जिल्लाहरुमा डेंगुको जोखिक कायमै रहेपछि स्थानीय सरकारल आवश्यक तयारी नगरेको भन्दै स्थानीय रुष्ठ बन्दै आएका छन् । तराइका जिल्लाहरुमा फेरि डेंगुका संक्रमण बढ्दै गएको छ । साउनयता देशभरिनै महामारीको रुप लिएको डेंगु तराईका जिल्लामा अझै साम्य भएको छैन । डेंगु रोगको जोखिम कम गर्न सरकारको पनि ध्यान नदिएको भन्दै स्थानीय आक्रोशित बनेका छन् । सर्लाहीको बीस वटै स्थानीय तहहरु मध्य केहीले मात्र डेंगु रोग नियन्त्रणको लागि काम गरेका छन् ।

तर अधिकांश स्थानीय तहहरुले भने सर्वसाधारणहरुलाई डेंगु रोग लाग्न सक्ने कारण ,बच्ने उपाए र संक्रमण भइहालेमा अपनाउनुपर्ने विधिलगायतको बारेमा हालसम्म कुनैपनि जानकारीमूलक संदेशहरु प्रवाह गरेका छैनन् । नत डेंगु फैलाउने मुल कारक लामखुट्टे मार्ने तर्फ कुनै कदम नै चालेका छन् । यो रोग सार्ने लामखुट्टे ग्रामीण क्षेत्रभन्दा शहरी क्षेत्रमा बढी पाइने गर्दछ।यसले स–साना सफा पानी जमेको स्थानमा फुल पार्ने गर्दछ ।

खास गरी वर्षाको पानी जम्ने टीनका डब्बाहरू, रंगका खाली डब्बा, थोत्रो टायर, अलकत्रा वा मट्टितेलका खाली ड्रमहरू, फुलदानी, गमला, पानीका ट्ंयाकी आदिमा यस्ले फुल पार्दछ । सहरी क्षेत्रमा यस्ता वस्तुहरू पर्याप्तमात्रामा हुने भएकाले यो रोग सार्ने लामखुट्टे सहरमा बढी देखिएको प्रादेशिक अस्पताल मलंगवाका मेडिकल सुपरिटेन्डेन्ट नवल किशोर झाले बताए ।

डेंगु मात्र नभई हात्तीपाइले, जापानिज इन्सेफ्लाइटिस, मलेरिया लगायतका घातक रोगहरु पनि लामखुट्टेबाटै सर्ने हुनाले त्यस्ता रोगहरु फैलिन नदिन अन्य निकायहरुको जस्तै स्वास्थ्यको पनि जिम्मा लिएको स्थानीय तहले सबैभन्दा पहिले पानी जमेको ठाउँ र फोहर नालाहरु सफा गर्न लगाएर औषधि छर्किने काम गर्न अतिआवश्यक रहेको म.सु झाले बताए । पछिल्लो समय अस्पताल आउने डेंगुका विरामीको संख्या बढेको प्रादेशिक अस्पताल मलंगवाका हेल्थ असिस्टेन्ट जितेन्द्र साह बताउछन् ।

अहिले जिल्लाभरीका सबै स्थानीय तहका निर्वाचित जनप्रतिनिधिहरु डेंगु जस्तो गम्भीर समस्यालाई बिर्सेर आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र राष्ट्रिय सभाको निर्वाचनमा लागेका छन्। चुनावले गर्दा पालिका प्रमुख देखि वडा प्रमुखसम्म सबै जनप्रतिनिधिहरु आम नागरिकको स्वास्थ्य प्रति ख्याल नराखी चुनावमा आफ्नो पार्टीको नेताको जित कसरी हुन्छ भन्ने तर्फ मात्र आफ्नो ध्यान केन्द्रीत बनाएको स्थानीयहरुले गुनासो गरेका छन् ।

यस्ता खालका महामारी तथा स्वास्थ्य समस्याहरूको नियन्त्रणको जिम्मेवारी स्थानीय तहको नै भएकोले आफ्नो ध्यान चुनावबाट हटाएर डेंगु रोगको नियन्त्रण तथा रोकथाम कसरी हुन्छ भन्ने तर्फ ध्यान केन्द्रित गरि जवाफदेहीपूर्ण तरिकाले काममा लाग्न सम्बन्धित पालिकाका स्थानीय नागरिकहरुले पालिका प्रमुख तथा वडाप्रमुखहरु सँग अनुरोध गरेका छन् ।