काठमाडौँ — पछिल्लो दशकयता हेर्ने हो भने विकासका नाममा अव्यवस्थित शहरीकरण बढीरहेको छ । यसका जोखिम न्यूनिकरणका लागि भन्दै भोलिको शहरलाई जोखिम मुक्त बनाउने अभियान सुरु भएको छ । पछिल्लो दशकयता हेर्ने हो भने विकासका नाममा उकुसमुकुस नै हुने गरी आवास तथा विभिन्न संरचनाहरु अव्यवस्थित ढङ्गले शहरमा बढीरहेको छ ।
अहिले अव्यवस्थित शहर न्यूनिकरणका लागि भन्दै भोलिको शहरलाई जोखिम मुक्त बनाउने अभियान सुरु भएको छ । र यस अभियानमा विभिन्न ५ मुलुकका विषय विज्ञ समेत संलग्न भएका छन । ललितपुरमा जारी “टुमरो सिटी अर्वान रिक्स इन ट्रान्जिसन” नाम दिइएको सम्मेलनमा नेपाल लगायत टर्की, केन्या, इक्वेडर र बेलायतका वैज्ञानिकहरु सहभागी छन् ।
जलवायुजन्य असरका कारण निम्तिनसक्ने विभिन्न किसिमका विपद्का घटनाबाट पुग्नसक्ने क्षतिको पूर्व अनुमान गरी त्यही अनुसारको व्यवस्थापनका लागि सुझाव दिने उद्देश्यका साथ वैज्ञानिकहरु नेपाल, टर्की, केन्या र इक्वेडरका केही शहरको अध्ययन अनुसन्धानमा जुटेका हुन् । ५ दिनसम्म चल्ने सम्मेलनमा विषय विज्ञहरुहरुले आ–आफ्नो देशमा भोलिको शहर परियोजना अन्तर्गत अध्ययनका क्रममा प्राप्त भएका उपलब्धि र चुनौतिबारे स्पष्ट पार्नेछन् ।
युके रिसर्च एण्ड इनोभेसन, बेलायतका विश्वविद्यालय,प्राक्टिकल एक्शन, नेपाल विकास अनुसन्धान संस्था, एनसेट लगायत विभिन्न संस्थाहरुको संयुक्त पहलमा शुरु भएको भोलिको शहर परियोजनाले पूर्वाधार निर्माण गर्दा भविष्यमा पर्नसक्ने विपद् र जोखिमको पूर्व आँकलन गर्नेछ । सम्मेलनमा सहभागी विज्ञले नेपालमा जलवायु परिवर्तनका कारण भूक्षय, हिमपात, बाढी, पहिरो लगायतका धेरै विपद्हरु वर्षेनी बढीरहेकाले नेपालले प्राकृतिक विपद्मैत्री विकास गर्न आवश्यक रहेकोमा जोड दिएका छन । यस अभियानले नयाँ पूर्वाधार र बस्तीहरुलाई जोखिममुक्त बनाउनुका साथै नेपाल लगायत विभिन्न ४ वटा मुलुकका केही शहरमा अध्ययन गरिरहेको छ ।
नयाँ बस्ती वा पूर्वाधार बनाउने क्रममा भोलिको अवस्थाको पूर्व आँकलन गर्न सक्ने हो भने जोखिम न्युनिकरण गर्न सहयोग पुग्ने उद्देश्यका साथ सो अभियान नेपालमा जारी छ । नेपालमा शुरु भएको भोलिको शहर ‘टुमरो सिटी’ परियोजनाले हाल ललितपुर महानगरपालिकाको खोकना र बुंगमतिमा अध्ययन अनुसन्धान गरिरहेको छ । सम्मेलन शुक्रवारसम्म चल्नेछ ।


प्रतिक्रिया