काठमाडौँ — राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेको जिल्ला अदालत काठमाडौंमा मंगलबार बयान गराइएको छ ।
सोमबार अभियोजन पत्र दायर भएपछि मंगलबारबाट उनको मुद्दामा सुनुवाई सुरु भएको हो । जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा यो मुद्दाको सुनुवाई भइरहेको हो । पहिलो दिन मंगलबार सन्दीपको बयान गराइएको छ । उनलाई पुर्पक्षका लागि थुनामा राख्ने वा थुनाबाहिर भन्ने निर्णय भने बुधबार मात्र हुने भएको छ ।


प्रतिक्रिया