Breaking

दक्षिण कोरियाको सोलमा भागदौड मच्चिँदा १४९ जनाको मृत्यु, ७६ घाइते


काठमाडौँ – दक्षिण कोरियाको राजधानी सहर सोलमा भागदौड मच्चिँदा १४९ जनाको मृत्यु भएको छ ।

हालोवीन उत्सव मनाइरहेका मानिसहरुबीच भागदौड मच्चिएको हो । अधिकारीहरुले दिएको जानकारीअनुसार यो घटनामा थप ७६ जना घाइते भएका छन् ।

बीबीसीका अनुसार यो घटना सोलको इटाइवोन नाइटलाइफ क्षेत्रमा भएको हो । कोभिड महामारीपछि पहिलोपटक मास्क विना नै हालोवीन उत्सव आयोजना गरिएको थियो । अहिलेसम्म भागदौड मच्चिनुको कारण भने खुल्न सकेको छैन । प्रहरीका अनुसार अहिले यो घटनाको विषयमा अनुसन्धानको काम भइरहेको छ ।

दक्षिण कोरियाका राष्ट्रपति यून सुक येओलले सम्बन्धित निकायलाई घाइतेहरुको उद्धारको लागि निर्देशन दिएका छन् । उनले यो घटनाको अनुसन्धानको लागि पनि निर्देशन दिएका छन् ।