देश

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु


काठमाडौँ — दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । तुलसीपुरस्थित मदनआश्रित चोकमा रा ७ प १६२९ नम्बरको मोटरसाइकल दुर्घटना हुदाँ तुलसीपुर उपमहानगरपालिका-१७ मज्गैका का २४ वर्षीय रवि बस्नेतको मृत्यु भएको हो । शुक्रबार बेलुका पौने ९ बजे तुलसीपुर उपमहानगरपालिका-६ को मदन आश्रित चोक नजिकै अनियन्त्रीत भई मोटरसाइकल पटिँल्दा बस्नेत घाइते भएका थिए ।

दुर्घटनामा परी घाइते भएका बस्नेतको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज लग्दै गर्दा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले बताएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।