काठमाडौँ— प्रविधिको विकाससँगै सामाजिक सञ्जाल विभिन्न अभियान चलाउने प्रभावकारी थलो बन्दै आएको छ । यस्ता अभियानले निश्चित विषय र क्षेत्रमा उथल पुथल नै ल्याउने गरेको छ । कोरोन कालमा चलाइएको इनफ इज इनफले अभियानले झस्किएको सरकारका लागि निर्वाचनको सम्मुखमा तात्तिएको नो नट अगेन अभियान टाउको दुखाइको विषय बनेको छ । केहि महिना अघि पूर्वप्रधानमन्त्रीहरुको तस्बिर राखेर सामाजिक सञ्जालमा भनियो– नो नट अगेन ।
नो नट अगेन भन्दै केपीशर्मा ओली, पुष्पकमलदाहाल प्रचण्ड, शेरबहादुर देउवा, डा. बाबुराम भट्टराई, झलनाथखनाल र माधवकुमार नेपाल सहित ६ जना पूर्वप्रधानमन्त्रीको तस्बिर डिजाइन गरेर सामाजिक सञ्जालमा राखिएको उक्त पोष्ट व्यापक शेयर समेत भयो । नो, नट अगेन’अभियानमा ६ पूर्व प्रधानमन्त्रीहरुको फोटो राखीयीपात्रहरुलाई पुनःनजिताउन भनी सर्वसाधारणलाई अपिल गरेको थियो । अहिले दलकाअन्य नेताहरु समेतलाई नो नट अगेन भन्दै डिजाइन गरिएकापोष्टर सामाजिक सञ्जालमा राख्नथालिएको छ । अहिले ह्यासट्याग नो नट अगेन सामाजिक सञ्जाल ट्वीटरको नेपाल ट्रेन्डिङमा छ । ह्यासट्याग नो नट अगेन ट्वीट आक्रमक रुपमा बढिरहेको छ । सामाजिक सञ्जाल फेसबुकमा २६ जुलाइमा बनाइएको फेसबुक पेजमा ३३ हजार बढी फलोअर्स छन् भने २८ हजार बढीले लाइक गरेका छन् । यहाँ पोष्ट भएका हरेक पोष्टमा लाइक कमेन्ट शेयर पनि उस्तै व्यापक छ ।
सामाजिक सञ्जालमा चर्चामा रहेको विषयले निर्वाचन आयोगको ध्यान खिच्यो । ध्यान मात्र खिचेन निर्वाचन आचारसंहिता कार्यन्यवनमा आक्रमक बनेको आयोगले मंगलवार प्रेस विज्ञप्ति नै जारी गर्दै अभियान मार्फत निर्वाचनमा उमेदवार रहेका दलका नेताहरुको बारे विभिन्न लाञ्छनापूर्ण अभिव्यक्ति तथा भ्रामक र द्वेषपूर्ण श्रव्य-श्रव्यदृष्य सामग्री प्रकाशन गरेको प्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै यस्ता गतिविधि नगर्न चेतावनी नै दियो । निर्वाचन उम्मेदवारहरुको चुनिन पाउने अधिकार नै हनन् हुने गरी सामाजिक सञ्जालको प्रयोग नगर्न आयोगले सचेत गराउँदै आएको छ । उम्मेदवारहरु माथि गाली गलौज नगर्न, चरित्र हत्यागर्ने, अवहेलना गर्ने लगायतका अभिव्यक्ति नदिन पनि सम्बन्धित सबै पक्षलाई आयोगले निर्देशन दिएको छ । यस अभियानबारे आयोगले अनुसन्धान भइरहेको बताएको छ । तर आयोगको निर्णयप्रति सामाजिक सञ्जाल विभाजितमात्र बनेको छैन आलोचित समेत भईरहेका छ ।
आम सर्वसाधरणदेखि नेता,कार्यकर्ता,कलाकार विद्धिजिवि समाजका जिम्मेवार र प्रतिष्ठित व्यतिmहरु आयोग र अभियानको पक्ष र विपक्षीमा देखिएका छन । निरन्तर निर्वाचन जित्दै आएका प्रधानमन्त्री शेर बहादुर देउवा, एमाले अध्यक्ष केपीशर्मा ओली सहित दर्जनौ नेता पुनःनिर्वाचनमा होमिएका छन । कहिले हार त कहिले जितको बाजी मारेका नेताहरु पुन जनमत परीक्षणको दौडमा छन् । पटक पटक व्यवस्था परिवर्तनको साँच्छि बनेका शीष नेताहरुलाई चुनौति दिन गरी आक्रमक बनेको नो नट अगेन अभियान थप चर्किएको छ । जनताको अवस्था परिवर्तन गर्न नसकेको आरोप खेपेका नेताहरुलाई निर्वाचनको सम्मुखमा छेडिएको यो अभियान दल र नेताहरुका लागि कति हानिकारण बन्न सक्छ तत्काल आँकलन गर्न कठिन छ ।


प्रतिक्रिया