काठमाडौँ — आजतिहारको अन्तिम र विशेष दिनभाईटिका । भाईटिकाको अवसरमा सर्वसाधारण सहित मुलुकका शीर्ष स्थ व्यतित्वहरुले पनि आ–आफ्नो दिदीबहिनीबाट भाईटिका ग्रहण गरेका छन । यो वर्ष राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेर बहादुर देउवाले भने भाईटिका लगाएनन् । आजहिन्दु नेपालीहरुको दोस्रो ठूलो पर्व तिहारको मुख्यदिनभाईटिका ।
भाइटिकाको अवसरमा सर्वसाधरण सहित देशकाशीर्ष व्यतिmत्व र राजनीतिकदलकाशीर्ष नेताहरुले पनिभाईटिका ग्रहण गर्दै तिहार मनाएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारी,प्रधानमन्त्री शेर बहादुर देउवा र नेकपामाओदी केन्द्रकाअध्यक्षपुष्पकमलदाहाल प्रचण्ड बाहेक अन्यशीर्ष नेताहरुले भनेआ–आफ्नो दिदिबहिनीहरुबाट भाइटिका ग्रहण गरेका छन । राष्ट्रपति भण्डारीको माइतीघरमाशोक परेकाले भाइहरूलाई टीका नलगाएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
भ्रातृशोकमा रहेका प्रधानमन्त्री शेर बहादुर देउवाले दशैसँगै भाइटीकापनिलगाएनन् । नेकपाएमाले अध्यक्ष के.पीशर्मा ओलीले आफ्नै निवासमा दिदीबहिनीबाट भाइटीका लगाएका छन् । भक्तपुरको बालकोटस्थितनिवासमा ११ बजेर ३७मिनेटको साइतमाओलीलाई विष्णुमाया ढकाल, कौशल्या कोइराला र विष्णुकुमारी पौडेलले भाइटीका लगाइदिएकाहुन् ।
नेपाल समाजवादी पार्टीका अध्यक्षतथापूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले संयुक्त परिवारमाउल्लासमय रुपमा टीका ग्रहण गरेको भन्दै सामाजिक सञ्जालमातस्विर सार्वजनिक गरेका छन । नेकपाएमालेका वरिष्ठ उपाध्यक्षपूर्व उपप्रधानमन्त्रीइश्वर पोखरेलले आफ्नो निवासमै भाइटिका दिदिहरुबाट भाइटिका ग्रहण गरेका छन ।यस्तै नेकपाएमालेका नेताभीम रावलले दिदिलक्ष्मीकुँवरको हातबाट भाइटिका लगाएका छन ।
भाइटीका पर्व दिदीबहिनीले आफ्नादाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामनागर्दै परम्परा अनुसार सप्तरङ्गी टीका लगाएर मनाउने गरिन्छ ।आजयमपञ्चकको अन्तिमदिनभाइटिकासँगै यो वर्षको तिहार समापनभएको छ ।


प्रतिक्रिया