विदेश

बंगलादेशमा आँधीबाट २८ जनाको मृत्यु, लाखौँ प्रभावित


काठमाडौँ – बंगलादेशमा ‘सित्राङ’ नामको आँधीबाट मृत्यु हुनेको संख्या २८ पुगेको छ । सित्राङबाट लाखौँ मानिस प्रभावित भएका बताइएको छ ।

आँधीका कारण यहाँका लाखौँ व्यक्ति विद्युतविहीन भएका अधिकारीले बुधबार जानकारी दिएका छन् । उद्धारकर्मीले ड्रेजर डुङ्गाका चालक दलका चार जना सदस्यको शव बुधबार फेला पारेका थिए ।

यसपछि सो आँधीबाट ज्यान जानेको संख्या २८ पुगेको बताइएको छ । बंगलादेशमा आँधी र तुफानको खतरा रहने गरेको छ । तर वैज्ञानिकले जलवायु परिवर्तनले तिनलाई अझ तीव्र र बारम्बारको खतरा बनाउँदैछ । सित्राङ नामक यस आँधी दक्षिणी बंगलादेशमा अवतरण गरेको जनाइएको थियो ।

त्यस लगत्तै मानिसलाई यसले प्रभावित पारेको हो । अधिकारीले यस शक्तिशाली आँधी आउनुअघि करिब १० लाख मानिसलाई सुरक्षित स्थानमा पुर्‍याउन सफल भएको बताएका थिए । सो आँधीको गति ८० किलोमिटर ९५५ माइल० प्रति घण्टा रहेको र यसले अझै पनि लाखौँ मानिसको घर रहेको छ ।