देश

चिकित्सक संघद्वारा शान्ति सुरक्षाको माग

योहो संवाददाता

काठमाडौँ— नेपाल चिकित्सक संघले गोरखामा डाक्टरमाथि भएको हातपातप्रति आपत्ति जनाउँदै शान्ति सुरक्षाको माग गरेको छ ।

संघका महासचिव डा बद्री रिजालले जिल्ला अस्पताल गोरखामा कार्यरत डा अविनाश पराजुलीमाथि आक्रमण गर्नेहरुलाई तत्काल कानुनी कारबाही गर्न र स्वास्थ्य संस्थामा आवश्यक शान्ति सुरक्षा प्रदान गरी भयरहित वातावरणमा स्वास्थ्य सेवा प्रदान गर्ने व्यवस्था मिलाउन माग गरेका छन् ।

संघद्वारा जारी विज्ञप्तिमा ‘स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा निरन्तर स्वास्थ्य सेवा प्रवाह गरिरहेको अवस्थामा चिकित्सकमाथि नै हातपात, अभद्र व्यवहार र धम्की दिने जस्तो अत्यन्तै अमानवीय क्रियाकलापले समग्र स्वास्थ्य सेवा प्रवाहमा नकारात्मक असर पर्ने भनिएको छ, साथै घटनामा संलग्न दोषीलाई अविलम्ब छानबिन गरी स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो) संशोधन ऐन २०७९ बमोजिम कानुनी कारबाही गर्न संघले स्थानीय सुरक्षा निकाय एवं सरकारसँग माग गरेको छ । डा पराजुलीमाथि गत कार्तिक ६ गते अस्पतालको बहिरङ्ग विभागमा बिरामी जाँचिरहेको अवस्थामा हातपात गरिएको थियो ।