Breaking

बेलायतको प्रधानमन्त्रीमा ऋषि सुनक

योहो संवाददाता

काठमाडौँ — राजा चार्ल्स तृतीयलाई भेटेसँगै ऋषि सुनक औपचारिक रुपमा बेलायतको प्रधानमन्त्री बनेका छन् । कन्जरभेटिभ पार्टीको नेता चुनिएका उनले मंगलबार बर्किङ्घम दरबारमा राजासँग भेट गरेका थिए । त्यसक्रममा राजाले सरकार गठनका लागि आग्रह गरेका छन् । यससँगै ऋषि बेलायतको ५७औं प्रधानमन्त्री बनेका छन् ।

उनी बेलायतका पहिलो ब्रिटिश एसियाली प्रधानमन्त्री भएका छन् । बेलायतमा उनी यस वर्षका तेस्रो प्रधानमन्त्री पनि हुन् । डाउन स्ट्रिटबाट देशका नाममा सम्बोधन गरेका ऋषिले आफ्नो पूर्ववर्तीले गरेका केही गल्तीलाई सुधार्न तत्काल सुरु गर्ने बताएका छन् ।