Breaking

प्रतिबन्धका बाबजुत भारतीय फुल नेपाली बजारमा छ्यापछ्प्ती

योहो संवाददाता

काठमाडौँ — सरकारको प्रतिबन्धका बाबजुत भारतीयफुल नेपाली बजारमा प्रसस्त देखिनथालेका छन् । नेपाली उत्पादनको प्रवर्धन गर्ने उदेश्यले विदेशि फुल आयातमा प्रतिबन्ध लगाइए पनि भारतिय फूलले बजार ओगटेपछि व्यवसायी आश्चार्यमा परेका छन् । हिन्दुहरुको महान् पर्व तिहारमा फूलहरु विदेशबाट आयात गर्न प्रतिवन्ध गरिए पनि नेपाली बजारमा भारतीय फूलप्रशस्त देखिएको छ । तिहारको पूर्व सन्ध्यामा काठमाडौंका बजारहरुमा भारतबाट आयातित सयपत्रीफूल प्रशस्त भेटिएको हो ।

बजारमा नेपाली फूलहको मूल्यभन्दा भारतबाट आयात भएको फूल महँगो भएको सर्वसाधरणहरुले गुनासो गरेका छन् । घरका झ्याल,ढोका पसल सजाउनको लागिप्रयोग गरिने सयपत्री फूलको मालाको मूल्य विगतका वर्षहरुमा भन्दा यस वर्ष बढेको सर्वसाधारणल ेबताएका छन् । सरकारले फूलमा नेपाल आत्मनिर्भर भएको भने पनि बजारमा भारतबाट आयात भएका सयपत्रीफूल प्रशस्त रुपमा बिक्री भइरहेको स्वयं व्यापारीहरु नै बताउँ छन् ।

उनीहरुले फूलमा नेपाल आत्मनिर्भर भएपनि भारतबाट फूल आयात हुँदा नेपाली फूलउत्पादन गर्ने किसान र व्यापारी मारमा परेको गुनासो गरेका छन् । विगतका वर्षहरुमा भन्दा यो वर्ष मौसमको कारण फूलको मूल्य बढेको साथै तिहार भन्दा अगाडि फूलवर्षाको कारण कुहिएकाले बजारमा नेपाली फूलमहँगो भएको व्यापारीको गुनासो छ । सर्वसाधरणले नेपाल फूलमा आत्मनिर्भर भएर पनि भारतबाट आयात गरी महंगोमा बेचिरहेको बताए ।

भारतबाट फूल आयात प्रतिवन्ध भनिए पनि बजारमा व्यापारीहरुले बेच्दा नै भारतीय माला र नेपाली माला भन्दै बेच्ने गरेका छन् । सरकारले भारतबाट माला आयातमा रोक लगाएको भने पनि नेपालीबजारमा भारतीय माला पनि प्रशस्तै देखिन्छन् । बजारमा यति बेला माला किन्नेको भीडभाड बढेको छ । बजारमा फूलको माला तथा अन्य रङ लगायत भाई मसला टोपी, भगवा नको फोटाहरुको बिक्री र खरिद गर्ने मानिसहरुको उल्लेख्य भीड छ ।