देश

अब बिना धितो २ लाख रुपैँया सम्म नबिल फोनलोन मार्फत् कर्जा लिन पाउने

योहो संवाददाता

काठमाडौँ— नबिल बैंकले नबिल फोन लोन (फोनलोन) को न्यूनतम सीमा र आफ्नो डिजीटल फाइनान्सिङ प्रडक्टको दायरा बढाएको छ । यसअघि नबिल फोन लोन(फोनलोन) को सीमा रु. १ लाख रहेकोमा त्यसलाई बढाएर अब रु. २ लाख पुर्याइएको छ । यसका अतिरिक्त यस्तो लोन लिनका लागि योग्य समूहको दायरा पनि केही बढाइएको छ ।

नबिल बैंक फोनलोनको अवधारणा कार्यान्वयनमा ल्याउने देशकै पहिलो बैंक हो ।अब नबिल बैंकमा नियमित बचत खाता सञ्चालन गर्ने ग्राहक तथा नबिल बैंकसँग आबद्ध क्यूआर मर्चेन्टहरु पनि फोन लोन(फोनलोन) का लागि योग्य हुनेछन् । यसअघि भने नबिल बैंकमा तलब खाता भएकाहरुले मात्र यस्तो लोनको सुविधा पाइरहेका थिए । यस्तै, नबिल बैंकले फोन लोनका अफरहरुलाई पनि अपग्रेड गरेको छ । अब यस्तो लोनका लागि योग्य ग्राहकहरुले नबिल स्मार्ट बैंक एपको स्क्रिनमा फोनलोन(फोनलोन) को आइकन देख्नेछन् । बैंकले ग्राहकहरुको सुविधाका लागि ‘बाई नाउ पे लेटर’ को सुविधा तथा लोन बापत लिएको रकम चुक्तागर्न इएमआईको सुविधा समेत उपलब्ध हुने भएको छ ।

ग्राहकहरूले खरिद गर्दा कुनै पनिफोन पे मर्चेन्ट क्यूआर कोडहरू स्क्यान गर्न सक्छन् र आफ्नो खरिदको मासिक किस्तामा भुक्तानी गर्न चेक आउटको बेला ‘बाई नाउ पे लेटर’ को विकल्प रोज्न सक्छन् । आफ्ना फोन लोन बक्यौता चाँडै तिर्न खोज्ने ग्राहकहरूले आफ्नो फोन लोन सिधै आफ्नो एपबाट प्रिपे गर्ने विकल्प पनि उपलब्ध हुनेछ । यस अन्तर्गत नबिल बैंकले कुनै पूर्व भुक्तानी शुल्क नलिई ग्राहकहरूको खातामा पर्याप्त रकम भएमा ऋणको तत्काल निकासी गर्न अनुमति दिन्छ । नबिल बैंकका एसएमई एण्ड माइक्रोफाइनान्स प्रमुख निरज बस्नेत (डनिल)को अनुसार नेपालमा बैंकिङ अझै पनि विकासको प्रक्रियामा छ तर अहिले मुख्यतया कानूनी र नियामक व्यवस्थाका कारण र एनपीए व्यवस्थापनमा सहजताका कारण धितोमा आधारित ऋणमा केन्द्रित रहेको छ ।

उनले थप यस विषयमा हालैका दिनहरूमा जोखिम बहन क्षमता बढ्दै गएपनि धितोमा आधारित लोनबाट व्यवहार र नगद प्रवाहमा आधारित क्रेडिट सर्न आवश्यक भएको हुदाँ यही उद्देश्य प्राप्तिमा फोनलोनको स्वचालित क्रेडिट अन्डर राइटिङ र ऋण व्यवस्थापन पहिलो चरण भएको बताए । यो प्रडक्टको प्रभावकारिता साथै ग्राहकको मागप्रति पनि विश्वस्त रहेको कारण पनि नबिलले फोन लोनको सीमा र योग्य समूहको दायरा बढाएको उनले प्रष्ट पारे ।