Breaking

तेस्रोपटक राष्ट्रपतिमा चुनिए सी चिनफिङ


काठमाडौँ -चिनियाँ कम्युनिष्ट पार्टीको महासचिवमा तेस्रो कार्यकालका लागि छानिएका सी चिनफिङले आफ्नो नयाँ टिम सार्वजनिक गरेका छन्।

चिनियाँ कम्युनिष्ट पार्टीको निर्णय गर्ने सर्वोच्च निकाय स्थायी समितिमा सात नेता छानिएका छन् । स्थायी समितिमा ली छियाङ, ली सी, दिङ सेउसियाङ, काइ छी, वाङ हुनिङ, झाओ लेजी परेका छन् । सी चिनफिङले आइतबार ग्रेट हल अफ द पिपलले नयाँ स्थायी कमिटी सदस्यहरूलाई प्रेससमक्ष प्रस्तुत गरेका छन् ।

अहिलेका प्रधानमन्त्री ली खछ्याङ र सभामुख ली चाङ्शु भने चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्यमा नै परेनन् । ली चियाङ प्रधानमन्त्री बन्ने भएका छन् ।