देश

गौशाला धर्मशालाले मापदण्ड विपरीतका संरचना हटाउनुपर्ने


काठमाडौँ— काठमाडौँस्थित गौशाला धर्मशालामा मापदण्डविपरीत बनाइएका संरचना ३५ दिनभित्र हटाउनुपर्ने भएको छ।

पशुपति क्षेत्र विकास कोषले सम्झौता विपरीत संरचना बनेकोले हटाउन समय दिएको हो। कोषले मारवाडी सेवा समिति नेपाल र गौशाला धर्मशाला सञ्चालक समितिलाई मापदण्डविपरीत बनेका संरचना हटाउन आग्रह गरेको हो।

३५ दिनभित्र मापदण्ड विपरीतका संरचना नहटाए कोले नियमअनुसार कारबाही गरिने पनि जनाएको छ।