देश

४ हजार ५८ सवारी चालक कारबाहीमा

योहो संवाददाता

काठमाडौँ— काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले बुधवार ४ हजार ५८ सवारी चालकलाई कारबाही गरेको छ । कार्यालयले मादक पदार्थ सेवन गरेर सवारी साधन चलाएका, लेन मिचेका, निशेधित क्षेत्रमा हर्न बजाएका लगायतका सवारी चालकहरूलाई कारबाही गरेको बिहीवार बिहान जानकारी दिएको छ ।

जसमा सबैभन्दा धेरै अन्य शीर्षकमा ३ हजार १७३ जना, नम्बर प्लेट स्पष्ट वा नीति बमोजिम नराख्ने ३०२ जना, मादक पदार्थ सेवन गर्ने १८० जना, लेन मिच्ने १७७ जना, हर्न बजाउने १७२ जना र रेड लाइटमा सवारी साधन चलाउने ५४ जनालाई कारबाही गरिएको कार्यायलले जनाएको छ ।