काठमाडौँ — जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले ६७ औ प्रहरी दिवस मनाएको छ। कपिलवस्तु प्रहरी प्रमुख प्रेम बहादुर बस्नेतको अध्यक्षतामा, प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र,सशस्त्र प्रहरी वल २८ नम्बर गण पति सशस्त्र प्रहरी उपरीक्षक सुर्य बहादुर सेन,सम्सेर दल गण प्रमुख सेनानी दिलिप घले लगायत सुरक्षा निकायका प्रमुखहरु, जिल्ला न्यायधीवक्ता,उधोग बाणिज्य संघ,अमर प्रहरी परिवार,पुर्ब प्रहरी कर्मचारी, पत्रकारहरुको उपस्थितीमा सम्पन्न एक औपचारीक कार्यक्रममा अमर प्रहरी परिवारका सदस्यलाई दोसल्ला ओढाई संयुक्त रुपमा सम्मान गरिएको थियो ।

प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले प्रहरी भएर नै समाजमा शान्ती सुरक्षा अमन चयन कायम भएको बताए । प्रहरीले हरबखत २४ घण्टा घाम ,पानी नभनी नागरीकको सेवामा समर्पित भएकै कारण विभिन्न आपराधिक घटनामा कमी आएकोले आगामी दिनहरूमा पनि अझ सक्रियताका साथ लागी पर्न र जनताको ज्यु धनको रक्षा गर्न,अन्यायमा परेकालाइ न्याय दिनु प्रहरीको प्रमुख दायित्व भएको मिश्रले बताए । सहभागीले अमर प्रहरी स्मारकमा माल्र्यापर्ण गरेका थिए ।


प्रतिक्रिया