काठमाडौँ — २३ दिनअघि अस्पतालमा भर्ना भएका १०३ वर्षीय वाङ्गमय शताब्दी पुरूष सत्यमोहन जोशीको स्वास्थ्य अवस्था चिन्ताजनक छ । किष्ट अस्पतालका निर्देशक प्रा.डा. सुरज बज्राचार्यका अनुसार उनको स्वास्थ्यमा शनिबार पनि कुनै सुधार आएको छैन ।
अस्पतालले शनिबार बिहान ११ बजे उनको स्वास्थ्यबारे बुलेटिन जारी गर्दै अवस्था चिन्ताजनक रहेको जानकारी दिएको छ । जोशीज्यूको हिजोदेखि आजसम्म स्वास्थ्यमा खासै सुधार नभएको र उहाँको स्वास्थ्य स्थिति स्थिर नै रहेको छ,’ बुलेटिनमा भनिएको छ, ‘समग्र स्वास्थ्य स्थिर रहेता पनि चिनताजनक छ ।
उनको छातीमा निमोनियाको संक्रमण र पिसाब संक्रमण नियन्त्रणका लाथि एन्टिबायोटिक्स कोर्स जारी नै राखेको अस्पतालले जनाएको छ । हाल उनलाई आइसियूमै राखेर उपचार गरिरहेको छ ।


प्रतिक्रिया