काठमाडौँ— नेपालीहरुको महान चाड दसैंँ, तिहार र छठको उपलक्ष्यमा कोका–कोलाले यस वर्ष “सम्बन्ध उत्सव स्वादसँग” क्याम्पेन ल्याएको छ ।
जसरी हाम्रो चाडपर्वहरु, अझ विशेष गरी दसैं, मुख्य रुपमा हाम्रो सम्बन्धहरु र यो समयमा खाइने खानासँग सम्बन्धित छ यही परम्परालाई साथ दिन र अझै रमाइलोबनाउन कोका–कोलाले क्याम्पेन ल्याएको हो ।क्याम्पेनको मुख्य उद्धेश्य भनेको दसैंँको समयमा आफ्ना नजिकका नातेदार,आफन्तहरुसँग मिठो–मिठो खानेकुरा बनाउने, खाने र आफ्नो सम्बन्धहरु फेरी ताजा बनाउनुको साथै त्यसैलाई नै निरन्तरता दिने हो ।
र यही क्याम्पेनको एउटा भागको रुपमा यस वर्ष कोका–कोलाले कुवेत मुलुकमा वैदेशिक रोजगारीमा जानुभएका र आफ्नो परिवारसँग लामो समयदेखि टाढा रहेका नेपाली दाजु–भाई, दिदी–बहिनीहरुलाई आफ्नो परिवारहरुसँग नजिक ल्याउन कोशीस गरेको थियो ।जसअन्तर्गत कोका–कोकाले विदेशबाट नेपाल आउने र फेरी जाने दुई तर्फी हवाइ टिकटको १४ जनालाई प्रदान गरेको छ । यसरी लामो समयदेखि टाढा रहेको आफ्नो परिवारसँग फेरी दसैंँ मनाउन पाएको छन् ।


प्रतिक्रिया