देश

राकुटेन भाइबरले विश्वकप क्रिकेट गतिविधिका लागि थप्यो ‘क्रिकेट सुपरबट’


काठमाडौँ — राकुटेन भाइबरले लगातार दोस्रो वर्ष पनि विश्वकप क्रिकेट क्याम्पेन सार्वजनिक गरेको छ । क्याम्पेनको एक भागको रूपमा विविध अन्तर्क्रियात्मक गेमहरूको साथ बहु प्रतिक्षित ‘क्रिकेट सुपरबट’ सार्वजनिक गरिएको छ । कम्पनीका अनुसार रमाइला गेम तथा आकर्षक पुरस्कारले भरिएको नयाँ क्रिकेट सुपरबटुका साथ फ्यानहरूमाझ एक महिने लामो क्रिकेट उत्सव ल्याइनेछ । विगत दुई वर्षयता राकुटेन भाइबरले क्रिकेट जगत्‌लाई निरन्तर साथ र सहयोग गर्दै आइरहेको छ ।

यस वर्ष क्रिकेट उत्सवलाई अझ उत्कर्षमा पुर्‍याउन र माहोललाई थप रोमाञ्चक बनाउन लागिएको कम्पनीको भनाइ छ । कम्पनीले भनेको छ ‘स्वचालित फिचरको रूपमा रहेको नयाँ सुपरबट क्रिकेट भाइब्स च्यानलको एक हिस्साको रूपमा रहनेछ, जहाँ क्रिकेट प्रेमीहरूले गेममा जोडिन, प्रत्यक्ष अपडेटको रमाइलो लिन, खेलहरूको अनुमान लगाउन र अन्य धेरै रमाइला क्षण प्राप्त गर्न सक्नेछन् ।’

दराजको साथ, क्रिकेट प्रेमीहरूले दैनिक रूपमा हुने क्विजहरूमा जोडिएर क्रिकेट सुपरबट क्विज सेक्सनमा प्रश्नहरूको सही उत्तर दिई नगद पुरस्कार जित्न सक्नेछन् । अक्टोबर महिनाको अन्तिमसम्ममा सर्वाधिक स्कोर जम्मा गर्ने उत्कृष्ट १० फ्यानहरू विजयी हुनेछन् । ‘फ्यानले स्टेडियमभित्र मात्रै नभई बाहिर पनि उत्तिकै रमाइलो अनुभव गर्नेछन् भन्नेमा हामी पूर्ण रूपमा विश्वस्त छौँ’ दराजका पेमेन्ट र पार्टनरसिप प्रमुख अर्जुन फुयाँलले भने । श्रीलङ्का, नेपाल, बङ्गलादेश र भारतबाट टुर्नामेन्टको अन्त्यसम्ममा सर्वाधिक स्कोर जम्मा गर्ने उत्कृष्ट ३ फ्यानहरूलाई भाइबरको तर्फबाट विशेष उपहारको व्यवस्था पनि गरिएको छ ।

प्रयोगकर्ताहरूले भर्चुअल क्रिकेट खेलहरू पनि खेल्न सक्छन् र घरमै बसीबसी आरामले रन स्कोर गर्न सक्नेछन् । क्रिकेट विश्वकप अवधिभरका लागि आफ्नो मनपर्ने क्रिकेटरहरू र वास्तविक खेलमा जस्तै ब्याटिङ गर्न सक्नेछन् । ‘पहिलेदेखि नै लोकप्रिय रहँदै आएका हाम्रा विविध गतिविधिहरूमाझ क्रिकेट सुपरबट अर्को ठूलो उपलब्धि हो । यस वर्षको टुर्नामेन्ट हामीले क्रिकेट च्यानलको साथ मनाउनेछौँ र यसैगरी आगामी वर्षहरूमा पनि मनाइरहने छौँ’ राकुटेन भाइबरमा एसिया प्यासिफिकका लागि सिनियर डाइरेक्टर डेभिड चेले भने ।