काठमाडौँ— साताको अन्तिम कारोबार दिन शुक्रबार सुन र चाँदीको मूल्य घटेको छ ।
सुनको मूल्य तोलामा एक सय र चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार एक सय, तेजावी सुनको मूल्य ९३ हजार ७ सय र चाँदीको मूल्य प्रतितोला १ हजार १८५ रुपैयाँ कायम भएको छ ।


प्रतिक्रिया