देश

नक्कली चिकित्सक पक्राउ


काठमाडौँ— जिल्ला प्रहरी कार्यलय सुर्खेतले वीरेन्द्रनगरमा दन्त चिकित्सालय सञ्चालन गर्दै आएका चिकित्सकलाई पक्राउ गरेको छ ।

वीरेन्द्रनगर नगरपालिका–६ स्थित समाज डेन्टल केयर क्लिनिकका सञ्चालक डिलबहादुर महतारालाई नक्कली भएको आरोपमा पक्राउ गरिएको हो ।प्रहरीका अनुसार दाँत अत्यधिक दुखेको भन्दै क्लिनिक पुगेकी वीरेन्द्रनगरकी एक महिलाको दुख्ने दाँतसँगै अर्को पनि चिकित्सक महताराले निकालिदिएका थिए ।

त्यसपछि ती महिलालाई अत्यधिक दुखाई र रक्तस्राव भएपछि महतारा नक्कली चिकित्सक भएको भन्दै प्रहरीमा उजुरी दिएकी थिइन् ।उजुरीका आधारमा महतारालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक पदमबहादुर विष्टले बताए ।