देश

मुद्दा छिटो टुंग्याइदिन न्यायाधीशसमक्ष सन्दीपको आग्रह


काठमाडौँ— बलात्कार आरोपमा हिरासतमा रहेका क्रिकेटर सन्दीप लामिछानेले आफ्नो मुद्दा छिटो टुंग्याइदिन न्यायाधीशसमक्ष आग्रह गरेका छन्।

बिहीबार म्याद थपका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएका सन्दीपले मुद्दाको छिटो टुंगो लागे आफू अन्तर्राष्ट्रिय क्रिकेट खेल्न पाउने भएकाले छिटो छिनोफानो गरिदिन आग्रह गरेका हुन्। प्रहरीले थप ७ दिनको म्याद मागेको थियो। तर सन्दीपका कानुन व्यवसायीले ३ दिन मात्रै समय दिन आग्रह गरेका थिए।

अन्य अनुसन्धान सकिएको र बयान लिने क्रममा रहेकाले बयान लम्ब्याउँदा सन्दीपलाई बढी हिरासतमा राख्नुपर्ने भएकाले त्यसो नगर्न आग्रह गरेका थिए। अदालतले ५ दिन म्याद दिँदै कात्तिक १ गते अदालतमा उपस्थित गराउन भनेको छ। गत बिहीबारदेखि सन्दीप हिरासतमा छन्। सोमबार पहिलो पटक उनलाई ७ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको थियो।