देश

चीन फर्किनुअघि राजदूत यान्छीले भेटिन् प्रधानसेनापतिलाई


काठमाडौँ— नेपालका लागि चिनियाँ राजदूत हौ यान्छीले प्रधानसेनापति प्रभुराम शर्मालाई भेटेकी छन्।

बुधबार जंगीअड्डामा पुगेर उनले प्रधानसेनापति शर्मासँग बिदाइ भेट गरेकी हुन्। यान्छी आफ्नो कार्यकाल पूरा गरेर स्वदेश फर्किने तयारीमा छन्।

भेटमा प्रधानसेनापति शर्माले सफल कार्यकालका लागि यान्छीलाई बधाई दिँदै सुखद भविष्यका लागि शुभकामना दिए।